अनौठो चुनाव : ढुंगा खसालेर गरिन्छ मतदान

फागुन ३०, २०७५

काठमाडौं – संसारका सबै देशमा समय समयमा निर्वाचन हुने गरेका छन् । सबै चुनावका आआफ्नै नियम छन् । केही चुनाव चाहिँ निकै अनौठा छन् । 

मार्बलको टुक्राले भोट
अफ्रिकी देश गाम्बियामा मतदाताले भोट दिनका लागि विभिन्न रंगका ड्रममा एउटा मार्बलको टुक्रा खसाउँछन् । मतदाताले एक टुक्रा मार्बल हाल्दा ड्रममा घन्टी बज्न थाल्छ । कुनै व्यक्तिले एकभन्दा बढी मार्बल हालेमा घन्टीको आवाजले थाहा भइहाल्छ । तर अब त्यहाँ पनि मतपत्रको व्यवस्था गरिने भएको छ । 

भोट नदिँदा जरिवाना
लगभग २२ देशमा मतदाताहरूले मत नदिएमा जरिवाना तिर्नुपर्ने प्रावधान छ । अस्ट्रेलियामा कुनै कारणले मतदान नगरेमा २० अस्ट्रेलियाली डलर जरिवाना तिर्नुपर्छ । जरिवाना नतिरेमा त्यसको राशि झनै बढाइनेछ । 


ADVERTISEMENT

निश्चित दिनमा मतदान
अमेरिकामा सधैं मंगलवारकै दिन मतदान गराइन्छ । क्यानडामा सोमवार र बेलायतमा बिहीवार भोटिङ गराइन्छ । 

१६ वर्षमै मतदान अधिकार
ब्राजिल जस्ता केही देशमा आफ्ना नागरिकलाई १६ वर्षकै उमेरमा मतदानको अनुमति दिइन्छ । अस्ट्रिया, निकारागुआ र अर्जेन्टिनामा पनि यही प्रणाली लागू छ । इन्डोनेसिया र सुडानमा न्यूनतम उमेर १७ छ । 

मत घोटाला
सन् १९२७ मा चार्ल्स डीबी किङले लाइबेरियामा दुई लाख ३४ हजार भोट पाए भने उनका प्रतिद्वन्द्वीले नौहजार मत पाए । त्यतिखेर लाइबेरियामा जम्मा १५ हजार मतदाता थिए । 

डिजिटल भोट
रुसको छिमेकी एस्टोनियामा सन् २००५ देखि अन्लाइन भोटिङ शुरू गरिएको छ । डिजिटल हस्ताक्षरसँगै डिजिटल आईडी प्रयोग हुन्छ ।

कागजको टुक्राले मतदान
चाडमा गोला कागज राखिन्छ र मतदाताले भोट हालेपछि त्यसलाई काटिन्छ । 

एजेन्सी
 

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस