भारतीय गृहमन्त्री सिंहले भने- भारतले सँधै नेपालको हित चाहन्छ

फागुन ३०, २०७५

नयाँ दिल्ली- भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । 

बिहीवार उनले भारतले सँधै नेपालको हित चाहेको बताएका छन् । नेपाल-भारतबारे उनले भने, ‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशील बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । 


ADVERTISEMENT

फरक प्रसंगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने, ‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’

Photo : NDTV

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार