×

NMB BANK
NIC ASIA

राजबाबु श्रेष्ठ 'सागर'

Muktinath Bank

जब मेरो शरीर मर्यो 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तब शरीरबाट म निस्केँ यानी आत्मा 


Advertisment
Nabil box
Kumari

हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन 

Vianet communication
Laxmi Bank

जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ 

त्यो त केवल 

मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो 

जस्लाई सँसारले मान्छे भन्छन् 

हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन । 

मत टुलुटुलु हेरिरहेको छु सबैलाई 

तर मलाई कसैले देख्न सक्दैन यति खेर 

मेरो घरको प्राङ्गणमा सबै गाउँलेहरुले भरिएको छ 

मेरो लास उठाउन तयारी गर्दैछन् मलामीहरु 

मेरी अर्धाङ्गिनी रुँदै छे मूर्छा परी परी

मेरो राजा, मेरो बाबा भन्दै 

पटक पटक अङ्गालो हाल्छे 

मेरो पार्थिव शरीरलाई ।

म कसरी सम्झाउँकी 

मेरी आफ्नी अर्धाङ्गिनीलाई म मरेको छुँइन भनेर 

मलाई घृणा गर्नेहरु पनि यति खेर 

मेरो मृत्युको शोकमा सबै चिन्तित 

र गह भरी आँसु पारेका छ्न् 

मलाई जन्म दिने मेरी आमा 

मेरो बूढापाको सहारा खोसी लग्यौ हे दैव ! 

तिमीले भन्दै छाती पिटी पिटी रुँदै छिन् ।

म कसरी सम्झाउँकी मेरी आमालाई 

म मरेको छुईँन भनेर 

बिचरी मेरी पत्नी बोक्सी बनेकी छे आजको दिन 

जस्ले सात जन्म सम्म साथ हुने गरी 

अग्नि देवतालाई साक्षी राखी लगन गाँठोको 

बन्धनमा बाँधिइन् 

आज उनीले यै बोक्सीले खायो 

मेरो छोरालाई भनेर आरोप सहनु परेको छ 

मेरी आमाको । 

म कसरी सम्झाउँकी मेरी आमालाई 

ए आमा, हजुरको बुहारीले मलाई कसरी खान 

सक्छे उनी त आफै आधा प्राण भएकी छे 

जसरी तिमी मेरो बाउ मर्दा आधा प्राण भएकी थ्यौ 

तिमी आफ्नो पतिको मृत्यु वियोगमा बारबार 

बेहोस भई पानी छम्के पछि होस्मा आउँथ्यौरे 

के तिमी पनि बोक्सी थियौत ? 

के तिमीलेनै मेरो बाउलाई खाएका हौत ? 

फेरि कसरी भन्न सक्छ्यौ तिमी ए आमा 

आफ्नै बुहारीलाई छोरा खाईस् भनेर । 

म त बस् एक आत्मा हुँ 

जस्लाई तिमी खायौ भन्छौ त्यो त मेरो 

एक मृत शरीर हो मात्रै, म त जिउँदै छु 

न म कहिल्यै मर्छु न म कहिल्यै जन्मन्छु 

तर आज दु:ख लागेर आयो 

मलाई कसैले माया न गर्दो रहेछ 

रहेछ त केवल नासिने शरीरलाई 

केवल जलेर जाने मुर्दा लासलाई 

म त जिउँदै छु 

र त टुलुटुलु हेर्दै छु । 

ए आमा ! 

म कसरी सम्झाउँ तिमीलाई ? 

ए अर्धाङ्गिनी ! 

म कसरी सम्झाउँ तिमीलाई । 

महोत्तरी, गौशाला न. पा. वडा न. १ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x