×

NMB BANK
NIC ASIA

ट्रम्पको पर्खाल परियोजनाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

चैत १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन– संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । 

Muktinath Bank

केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार ( भिटो)प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् । 

Vianet communication
Laxmi Bank

तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन् । 

सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे । 

उनले भने, “रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उहाँलाई ठाउँमा ल्याउन थालेका छन् ।” 

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, “रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।” 

उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थिए । 
पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x