×

NMB BANK
NIC ASIA

धनगढी – प्राकृतिक छटाले भरिपूर्ण घोडाघोडी पर्यापर्यटनको गन्तव्य बन्न थालेको छ ।

Muktinath Bank

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा पर्यटन प्रवद्र्धनमा स्थानीय तहको लगानी थपिएपछि पर्यापर्यटनको गन्तव्य बन्न थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐतिहासिक, जैविक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने सो क्षेत्र यसअघि राज्यको उचित लगानी नभएपछि पर्यटकहरू खासै आकर्षित गर्न सकेको थिएन । आउने पर्यटकहरू बडो मुस्किलले आधा घण्टादेखि १ घण्टासम्म मात्रै अडिने गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर पर्यटकलाई नै लक्षित गरी फागुन २९ गतेदेखि डुंगा सञ्चालन गरिएपछि पर्यटक अडिने थालेका छन् । घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड, इकोटेल रिसोर्ट र घोडाघोडी सामुदायिक वनको त्रिपक्षीय साझेदारीमा सो सिमसार क्षेत्रस्थित ओजहुवा तालमा डुंगा सञ्चालन गरिएको हो ।

Vianet communication
Laxmi Bank

बोर्डका उपाध्यक्ष दयाराम चौधरीले सो क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकासको काम बोर्डबाट भइरहेको बताउँदै डुंगा सञ्चालन तथा व्यवस्था इकोटेल र फोहरमैला व्यवस्थापन तथा सरसफाई सामुदायिक वनबाट भइरहेको जानकारी दिए ।

करीब १० हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा बोर्डले ५ लाख रुपैयाँको लागतमा डुंगा सञ्चालनमा ल्याइएको छ । वरिपरि व्यवस्थित ड्याम र बाटो निर्माण गरिएको छ भने तालमा भएका झारहरू सफा गरी २ स्थानमा डुंगा स्टेसन बनाइएको छ । यति मात्रै नभई, शौचालय, प्रतिक्षालय, भ्यू–टावर, खानेपानीलगायत संरचना निर्माण गरिएका छन् भने शुरूवाती अवस्थामा २ वटा खुट्टाले चल्ने र २ वटा काठे गरी ४ वटा डुंगा सञ्चालनमा ल्याइएको छ ।

डुंगाबाट तालमा शयर गर्न टिकटको व्यवस्था मिलाइएको छ । तालको १ फन्को लगाएबापत ४० रुपैयाँ टीकट दर निर्धारण गरिएको बोर्डले जनाएको छ । तर सिमसारको मुख्य घोडाघोडी तालमा भने डुंगा सञ्चालन निषेध गरिएको छ ।

सो क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटन गन्तव्यको रूपमा लिइन्छ । तर पर्यटकका लागि आवश्यक संरचना नहुँदा पर्यटकहरू बडो मुस्किलले १५–२० मिनेट मात्रै अडिने स्थानीय बताउँछन् । आवश्यक संरचना नहुँदा पर्यटक केही क्षण अवलोकनपछि फर्किने हुँदा त्यहाँको होटल तथा बजार पनि खासै फस्टाउन सकेका छैनन् ।

पर्यटकलाई लामो समयसम्म सो क्षेत्रमा बस्ने वातावरण सिर्जना गर्नको लागि डुंगा सञ्चालन गरिएकोले पर्यटक आगमन बढ्ने र आर्थिक विकासमा टेवा पुग्ने उपाध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

उपाध्यक्ष चौधरीले भने, ‘हामी सिमसारको महत्त्व तथा सिमसारको जैविक विविधताबारे संवेदनशील छौं । त्यही अनुसार काम गर्दै आएका छौं, जसबाट हामीले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौ ।’

सो सिमसार क्षेत्रको विकासको लागि बृहत् गुरूयोजना निर्माणको तयारी समेत थालिएको जनाइएको छ । गुरू योजनाको तयारी भएपछि सो क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने आशा गरिएको छ ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । सन् २००३ अगस्त १३ मा सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । जसलाई जैविक विविधता, जलप्राणी, वनजन्तु, चराचुरुङ्गीको प्रमुख बासस्थान तथा प्रजनन् केन्द्रको रूपमा लिइन्छ । 

घोडाघोडीको ऐतिहासिक पक्ष

सो सिमसार क्षेत्र ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । स्थानीय बुढापाकाका अनुसार सो ताल क्षेत्रमा परापूर्वकालमा ठूलो मानवबस्ती रहेको थियो । कालान्तरमा सो बस्ती क्षेत्र एकाएक तलाउमा परिणत भएको किम्बदन्ती छ ।

अर्को किम्बदन्ती अनुसार परापूर्वकालमा भगवान् विष्णुले घोडा र लक्ष्मीले घोडीको रूप धारण गरी ताल क्षेत्रको परिक्रमा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको जनविश्वास रहेको पाइन्छ ।

घोडी (घोरी) र घोडा (घोरा) आदिवासी थारु समुदायका कुल देवता हुन् । थारू समुदायको कुल देवता ‘घोरी (पोथी) र घोरा (भाले)’ बाट घोरीघोरा अर्थात् नेपालीकरण गरेर घोडीघोडा र नाममा भएका शब्दलाई अगाडि पछाडी राखेर ‘घोडाघोडी’ भन्न थालिएको हो ।

उहिलेदेखि हालसम्म तालको किनारमा घोडीघोडा मन्दिर पनि रहिआएको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । जुन थनुवामा थारु समुदायले आफ्नो मौलिक ढंगले पूजाआजा गर्दै आएका छन् भने मन्दिरमा माटाका घोडाहरूको मूर्तिलाई देवताको प्रतिकको रूपमा लिई पूजाआजा गरिँदै आएको छ । सिमसार क्षेत्र वरिपरि आदिवासी थारु समुदायको सघन बस्ती छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x