×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन विद्यालयले दियो १ लाख ५० हजार

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– मोरङको बुढीगंगाको एक निजी स्कुलले धुर्मुस–सुन्तली फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस तथा अभिभावक भेलामा सो रकम हस्तान्तरण गरेको हो ।

Muktinath Bank

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई विद्यालयकी प्रिन्सीपल रिता न्यौपानेले आफ्नो बुबाको स्मृतीमा १ लाख ५० हजार अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने अभियानलाई सहयोग पुग्ने गरी सो रकम हस्तान्तरण गरेकी हुन् । देशकै लागी महान काम गर्दै आएको फाउण्डेशनका लागि सानो भएपनि सहयोग गरेको बताइन् । कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले आम नागरिकको तर्फबाट प्राप्त भएको स–साना सहयोगबाट महान काम हुने र उपलब्ध गराइएको रकमलाई महत्वपूर्ण उपलब्धिको रुपमा काम गरेर देखाउने बचनवद्धता ब्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितले सरकारले निजी विद्यालयलाई वयवस्थित गर्न लागेको बताए । उनले बजारमा आएर चर्चा भएको जस्तो निजी विद्यालय बन्द गर्ने उदेश्य सरकारको नरहेको बताए । उनले नाफामुखी विद्यालयहरूले सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेकोले सामाजिक उत्तर दायित्व पूरा गर्ने विद्यालयहरु प्रति आफ्नो सम्मान रहेको बताए ।


Advertisment
Nabil box
Kumari

आफ्नो निर्वाचन क्षेत्र भएकोले पनि उनले विद्यालयको प्रशंसा गर्दै यस क्षेत्रम विद्यालयले राम्रो काम गरेको बताए । नाफा मात्र नहेरी सामाजिक क्षेत्रमा लगानी पनि गर्नु पर्ने उनको भनाई छ । विद्यालयले सोही अवसरमा उत्कृष्ट शिक्षक देशराज केसीलाई नगद ५ हजार, ५ बर्षभन्दा बढी निरन्तर काम गर्ने शिक्षकहरु मध्येबाट २ जना पबित्रा खड्का र बिनोद न्यौपानेलाई नगद १० हजार सहित पुरस्कृत गरेको छ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले विद्यालयले दिने शिक्षा नाफामुखी भन्दा पनि सबैलाई शिक्षाको महुँचमा ल्याउनेमा केन्द्रीत हुनु पर्ने बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले विद्यालयले गाउँपालिकाममा कक्षा ११ को स्वीकृतीका लागि पेश गरेको निवेदनलाई हेरेर कक्षा ११ का लागि स्वीकृती पैदा गर्ने बताए । 

विद्यालयले बिगत १३ बर्षदेखि ग्रामिण समूदायलाई लक्षित गरी शिक्षा प्रदान गर्दै आएको छ । १३ बर्षसम्म अभिभावकलाई दिएको बाचा बिद्यालयको तर्फबाट पूरा गरेको विद्यालयकी प्रिन्सीपल न्यौपानेले बताइन । आगामी दिनमा विद्यालयको तर्फबाट अभिभावकको सहयोग प्राप्त भए स्मृती स्कुलबाट नै स्नातकोतर सम्मको शिक्षा प्रदान गराउन आफू तयार रहेको प्रतिबद्धता जनाइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x