सीके राउतको बैठकमा गुञ्जियो- सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ...

चैत ३, २०७५

काठमाडौं - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरू भएको छ ।

सरकारसँग सहमति गरेर खुला राजनीतिमा आएको भनिएको राउतको गठबन्धनको बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ ।


ADVERTISEMENT

बैठकको शुरूमा पञ्चकन्याले 'सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ....' गाएका थिए ।

बैठकमा सहभागी हुन नेपाली नागरिकता समेत अनिवार्य गरिएको एक सहभागीले बताए ।

फोटो : सीके राउतको फेसबूक पेजबाट

चैत ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस