क्यान्सरले थलिएका गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

चैत ३, २०७५

नयाँदिल्ली– लामो समयदेखि क्यान्सरले थलिएका गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । 

विगत एक वर्षदेखि प्यान्क्रियाटिक क्यान्सरबाटग्रस्त ६३ वर्षीय मनोहर १४ फेब्रुअरी २०१८ मा बिरामी परेका थिए । त्यसपछि उनको गोवा, मुम्बई र अमेरिकामा उपचार भएको थियो । 
 


ADVERTISEMENT

चैत ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस