×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क सेनेटरी प्याड

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो । 

Muktinath Bank

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन  । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मूलतः कक्षा ६ देखि माथिका छात्राहरूलाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूको संख्या तीन हजार ६ सय ५० छ । सरदरमा प्रतिछात्रा १३६ रुपैयाँका दरले सेनेटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो । 


Advertisment
Nabil box
Kumari

‘विद्यालयमा रजस्वला भएपछि बीचमै पढाइ छाडेर घर जानुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो व्यवस्था मिलाइएको हो,’ शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले भने । आर्थिक अभावमा कतिपय छात्राहरूले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि सेनेटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरूले प्याडको व्यवस्था मिलाएका छन् । यसका लागि विद्यालयहरूले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन् । 

Vianet communication
Laxmi Bank

सेनेटरी प्याडको उपलब्धताले किशोरीहरू ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षेत्रीले बताए । ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा सेनेटरी प्याडको व्यवस्था थिएन । नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरूले छात्राहरूलाई आवश्यकताका आधारमा निःशुल्क सेनेटरी प्याड दिन थालेका छौं । यसबाट उनीहरूमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने ।   

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरूलाई नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने रकममा पाँच सय रुपैयाँ थपेर दिने गरेको छ । नगरपालिकामा दुई वटा बर्थिङ सेन्टर छन् । नियमित स्वास्थ्य परीक्षण गराई बर्थिङ सेन्टरमा सुत्केरी महिलाले प्रोत्साहन भत्ता स्वरूप दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x