×

NMB BANK
NIC ASIA

गोआका मुख्यमन्त्री मनोहर पर्रिकरको अन्तिम संस्कार आज

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको गोआ राज्यका मुख्यमन्त्री मनोहर पर्रिकर तथा पूर्व रक्षामन्त्री मनोहर पर्रिकरलाई राजकीय सम्मानका साथ सोमवार अन्तिम संस्कार गरिने भएको छ । 

Muktinath Bank

क्यान्सरबाट लामो समय आक्रान्त रहेका पर्रिकरको मृत्यु आइतवार भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको पार्थिव शरीरलाई भारतीय जनता पार्टीको गोआ कार्यालयमा राखिएको छ । पार्टी कार्यकर्ताहरूले उनको पार्थिव शरीरमा सम्मान प्रकट गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

केही समयपछि उनको पार्थिव शरीर कला एकेडमी लगिनेछ । त्यो स्थान भाजपा कार्यालयबाट लगभग तीन किलोमिटर पर छ । त्यहाँ सर्वसाधारणले उनीप्रति सम्मान दिनेछन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह पनि केही बेरमा गोआ पुग्ने कार्यक्रम छ । 

पर्रिकरको देहान्त भएको केही घन्टापछि गोआमा राजनीतिक अनिश्चितता जारी छ । भाजपा र गठबन्धन दल आगामी मुख्यमन्त्रीको सवालमा सम्मतिमा पुग्न सकेका छ्रैनन् । 

केन्द्रीय मन्त्री तथा वरिष्ठ भाजपा नेता नितिन गडकरी आइतवार राति गोआ पुगेका हुन् । उनले गठबन्धन साझेदार र भाजपाका विधायकहरूसँग समस्या समाधानका लागि वार्ता गरेका छन् । 

सहप्रवक्ता माइकल लोबोले विस्तृत रूपमा नखुलाएपनि महाराष्ट्र गोमन्तक पार्टीका नेता सुदिन धवलिकरले आगामी मुख्यमन्त्री बन्न चाहेको पत्रकारहरूलाई बताए । 

विपक्षी कांग्रेस पार्टीले फेरि एकपटक गभर्नर मृदुला सिन्हालाई पत्र लेख्दै आफूहरूको सरकार बन्नुपर्ने दाबी राख्यो । भाजपा नेतृत्वको सरकारका गठबन्धन साझेदारले पर्रिकर मुख्यमन्त्री हुँदा मात्र सरकारलाई समर्थन दिने बताएकाले भाजपासँग साझेदार नरहेको कांग्रेसको तर्क छ । 

मनोहर पर्रिकरको मृत्युसँगै गोआ विधानसभाको ४० सदस्यीय विधायिकामा ३६ विधायक मात्र बाँकी छन् । भाजपाका विधायक फ्रान्सिस डीसूजा गत महिना बितेका थिए भने कांग्रेसका दुई सदस्यले गत वर्ष राजीनामा दिएका थिए । 

दी इन्डियन एक्सप्रेसबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x