सीके राउतले खोले नयाँ दल, नाम 'जनमत पार्टी', चुनाव चिह्न अष्टदल

फाइल फोटो
चैत ४, २०७५

जनकपुरधाम - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले 'जनमत पार्टी' गठन गर्ने निर्णय गरेको छ ।

सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । ३५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्तिमार्फत् जनाएका छन् ।

राउतले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए ।

उक्त घोषणापश्चात तराई/मधेश झरेका राउतले मूलधारको राजनीति गर्न भन्दै नयाँ दल गठन गरेका हुन् ।

हेर्नुहोस्, विज्ञप्ति :

चैत ४, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार