×

NMB BANK
NIC ASIA

कांग्रेसले भन्यो– राजनीतिक दललाई प्रतिबन्ध लगाएर समस्या समाधान हुँदैन, अराजकता आउँछ !

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै राजनीतिक दललाई प्रतिबन्ध लगाएर समस्या समाधान नहुने भन्दै वार्ता र संवादको माध्यमबाट निकास खोज्न सरकारको ध्यानाकर्षण गराएको छ । 

Muktinath Bank

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सञ्जय गौतमले विखण्डनको कुरा गर्ने सीके राउतलाई काखा र नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई पाखा लगाउनु गलत भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै दललाई प्रतिबन्ध लगाएर राजनीतिक निकाश आउँदैन, अराजकता निम्त्याउँछ र हिंसाको वातावरण बनाउँछ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

सरकार अविभावक भएकाले सबै राजनीतिक दललाई वार्तामार्फत् निकासमा ल्याउने प्रयत्न गर्न उनले सुझाव दिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाउने ? 

कांग्रेसले महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने संसद् नियमावलीको व्यवस्था कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण पनि गराएको छ ।

विभिन्न विषयमा प्रधामनन्त्रीसँग प्रश्न सोध्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सांसद गौतमले प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था गर्न माग गरे । 

कांग्रेसको मागअनुसार सभामुख कृष्णबहादुर महराले नियमावलीको सो व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसअघि सदनमा सरकारका तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले राजपाको मागबमोजिम गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले केही दिनयता सदन अवरुद्ध गरेको थियो ।

सरकारको जवाफपछि सदन सुचारु भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x