पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सुर्खेत-कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पाँचौं वैठकमा पहिलो पटक 'ढ्याढ्यापे' चलनको शुरूवाट भएको छ । बैठक सुचारु भए लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले टेबुलमा 'ढ्यापढ्याप' गरेपश्चात सभामुख राजबहादुर शाहीले उनलाई कुरा राख्न अनुमति दिएका थिए ।
नेता शाहीले प्रदेश सरकारले विप्लव समुहलाई प्रतिबन्ध होइन, वार्ता गर्न संघ सरकारलाई घच्घच्याउनुपर्ने बताए । ‘अहिलेसम्म जति पनि नेपालमा द्वन्द्व भएका छन्, ती सबैमा वार्ताकै माध्यमबाट निकास निकालिएको ईतिहास साक्षी छ,' उनले भने, ‘प्रदेश सरकारले संघीय सरकारलाई वार्ताबाटै निकास निकाल्न सहकार्य गरोस ।’
शाहीले अहिले जनताले रक्तपातपुर्ण वातावरण नचाहेको बताउँदै 'सुखी नेपाली समृद्ध नेपाल' अभियानलाई सफल बनाउन सबैसँग लोकतान्त्रिक विधिबाट वार्ता र संवादको थालनी गर्नुपर्नेमा जोड दिए । उनले विप्लव समु्हले कर्णालीका जनप्रतिनिधिहरुमाथि चन्दा आतंक थोपरेको आरोप लगाए ।
उनले सरकार अहिलेपनि सुतिरहेको बताउँदै सदनमा एक जना मात्र मन्त्री आउनु संसदको मर्यादामाथिको आक्रमणको रुपमा अर्थ्याए । आजको संसद वैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले टेबल गरेको कर्णालीको खेलकुद सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा तीन जना संसदले सैद्धान्तिक छलफलमा भाग लिए ।
नेकपाका विन्दमान विष्ट र ठम्मर विष्ट तथा नेपाली काँग्रेसका यज्ञ बहादुर बिसीले विधेयकमा केहि थप सुधार गर्नुपर्ने माग गरे । त्यसपछि संसदहरुले सदनमा उठाएका मागहरुको उचित सम्वोधन गरिने मन्त्री दल रावलले आश्वासन दिए । संसदको अर्को वैठक चैत ५ गते मंगलबार दिउसो १ बजे बस्नेछ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...