प्रहरीको निशानामा विप्लव पार्टी कार्यालयको बोर्ड र झण्डा

चैत ४, २०७५

बुटवल- विप्लव नेतृत्वको नेकपा माओवादीले प्रयोग गर्दै आएको बुटवलको ‘रातो घर’ प्रहरीले खाली गराउन निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिको सोमबारको निर्देशनसँगै इलाका प्रहरी कार्यालय, बुटवलले पार्टीको बोर्ड र झण्डा हटाएको हो ।

बुटवल पाल्पारोडस्थित रातो घरको नामले चिनिने राष्ट्रिय वाणिज्य बैंक सुपरीवेक्षणको कार्यालय भवन पछिल्लो समय नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएको थियो । कार्यालयको तल बस्ने रिक्सा चलाउने मजदुरहरुलाई तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले सुरक्षा समितिको निर्देशन अनुसार कार्यालय खाली गराउन पार्टीको बोर्ड र झण्डा हटाइएको बताए । फुलबारीमा रहेको पेन्सन क्याम्पमा बम पडकाएपछि उक्त कार्यालयमा नेता कार्यकताहरू आउने गरेका थिएनन । त्यहाँ रहेका पार्टीको झण्डा र बोर्ड हटाइयो भित्र केही कागतपत्र पनि थिएनन । प्रहरीले विप्लव नेतृत्वको माओवादीलाई विशेष निगरानी गरेको छ ।

चैत ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस