प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने

चैत ४, २०७५

काठमाडौँ– एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । 

आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । 
 त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् । 


ADVERTISEMENT

यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । 
 

चैत ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार