सभ्य तरिकाले होली खेल्न गृह मन्त्रालयको आग्रह

चैत ५, २०७५

काठमाडौँ -कसैको इच्छा एवं स्वीकृति बेगर होली खेल्ने नाममा कानून विपरितका कार्य र असभ्य व्यवहार कसैले नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गरी मन्त्रालयले कानूनविपरितका गरेको पाइएमा कारवाही गरिने जनाएको हो ।


ADVERTISEMENT

'होली पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र होलीपर्वको महत्त्व सिद्ध हुन्छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'अर्काको इच्छाविपरित रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुख हैरानी तथा कष्ट दिने कार्य प्रचलित कानून विपरित हुन् ।'

चैत ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस