होलीमा जबरजस्ती गरे फौजदारी मुद्धा लगाउने कैलाली प्रहरीको चेतावनी

चैत ५, २०७५

धनगढी- होलीमा जबरजस्ती गरे कडा कानूनी कारवाही गर्ने कैलाली प्रहरीले सूचना जारी गरेको छ । होलीमा उच्च सुरक्षा सतर्कता अपनाएको बताउँदै प्रहरीले होलीमा महिलामाथि जबरजस्ती गरे फौजदारी मुद्धा चलाउनेसम्मको सूचना जारी गरेको हो ।

पर्वको अवसरमा लागू पदार्थको सेवन तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ईच्छा विपरित रङ दल्ने, पानीका लोला हान्ने, पानी फाल्ने, महिलालाई कुनै पनि किसिमको दुर्व्यवहार गर्ने जस्ता अनैतिक कार्यलाई पूर्णरुपमा निषेध गरिएको छ ।


ADVERTISEMENT

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक आभुषण तिम्सिनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उल्लेखित अनैतिक कार्य गरेको पाइएमा प्रचलित मुलुकी फौजदारी अपराध( संहिता) ऐन २०७४ बमोजिम कारवाही भई जाने व्यहोरा सुचित गरिन्छ ।’

त्यस्तै, प्रहरीले त्यस्ता अवाञ्छित गतिविधि भए नजिकको प्रहरी कार्यालय तथा १००,१०३,१०४, ९८५८४९०१२१, ०९१५२११५०, फेसबुक पेजमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेको छ ।

चैत ५, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस