विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलायो

चैत ५, २०७५

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएको छ । 
महानगरीय अपराध महाशाखाको टोलीले विप्लवका कार्यकर्तामाथि मंगलबार राती काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको हो । 
महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको बताए । 

काभ्रे प्रहरी समेतलाई सुइँको नदिई महाशाखाको टोली विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिन पुगेको बताइएको छ । 


ADVERTISEMENT

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले देशभर विप्लव समूहमाथि निगरानी बढाएको छ । घटनाबारे थप विवरण आउने क्रममा रहेको छ । 
 

चैत ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस