×

NMB BANK
NIC ASIA

पुराना गाडी बनेका छन् विद्यार्थीका सिक्ने साधन

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ । झन्डै तीन दशकअघि नेपालको तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले प्रयोग गरेको गाडी अहिले पनि अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीका लागि सिक्ने साधन बनेको छ ।

Muktinath Bank

फोर्ड कम्पनीको नीलो रङको सो गाडी त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसको प्रयोगशालामा छ । वि।सं। २०४६ ताका त्यो गाडी नेपालमा भएकामध्येकै सबैभन्दा अत्याधुनिक मध्येमै पथ्र्यो । त्यसबखत अत्याधुनिक गाडी तत्कालीन राजपरिवारसँगमात्र थियो । जुलियाले प्रयोग गरेको गाडीमा पाँच हजार सीसीको पेट्रोल इन्जिन छ, जबकि नेपालमा हाल बढीमा दुई हजार सीसीसम्मका मात्र पाइन्छन् । यसमा आठ वटा सिलिन्डर छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाथली क्याम्पसका प्रशिक्षक सनी प्रधानले रवीभवनस्थित यूएसएडको ग्यारेजमा सो गाडी थन्किएको देखेपछि आफूले विद्यार्थीका लागि चाहियो भनेर मागेर ल्याएको बताउँदै थपे, “बिग्रिएकाले गाडी गुड्न सक्ने अवस्थामा थिएन । अर्को गाडीको सहायताले मैले तानेर ल्याएको थिए । यो गाडीले धेरै विद्यार्थीलाई अटोमोबाइलसम्बन्धी ज्ञान दिएको छ ।”
सो गाडीको मूल्य थाहा हुन नसके पनि हरेक व्यक्तिका लागि छुट्टाछुट्टै वातानुकूलित एसीको व्यवस्था भएको र त्यसमा इलेक्ट्रोनिक्स फ्युल इन्जेक्सन सिस्टम (ईएफआई) भएकाले निकै महंँगो हुनसक्ने अनुमान गरिएको छ । उनका अनुसार तीन दशकअघि नेपालमा ईएफआईको सुविधा भएका गाडी थिएनन् । अचेल यस्तो सुविधालाई नौलो मानिदैन । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x