महिला साफ च्याम्पियनसिप : फाइनलका लागि नेपाल र श्रीलंका भिड्दै

चैत ६, २०७५

विराटनगर– विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार नेपाल र श्रीलंका भिड्दैछन् । विराटनगरको शहीद रंगशालामा खेल बिहान ११ बजे शुरु हुनेछ ।

नेपालको आक्रमक खेललाई सेमिफाइनलमा समेत निरन्तरता दिने छ । नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । समूह चरणमा माल्दिभ्सविरुद्व जित निकाले पनि भारतसंगको फराकिलो हारले श्रीलंका दबाबमा छ । सेमिफाइनलमा नेपालविरुद्व उत्रदै गर्दा श्रीलंकाले आफ्ना सबै कमजोरीलाई सच्चाउने प्रयास गर्नेछ । 


ADVERTISEMENT

दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश आमने सामने हुनेछन् । भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजेपछि शुरु हुने छ ।
 

चैत ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस