संगीतले प्रसव पीडा कम गर्छ ?

सन्दर्भ तस्वीर
चैत ६, २०७५

नयाँदिल्ली– प्रसुतीका क्रममा हुने प्रसव पीडा कम गर्न भारतमा अस्पतालहरुमा संगीत बजाउने (म्युजिक सिस्टम) गरिएको छ । भारतको राजस्थानमा महिलालाई प्रसव पीडा भुलाउन अस्पतालहरुले म्युजिक सिस्टम जडान गरेका हुन् । 

राजस्थानमा स्वास्थ्य विभागले राजसमंद जिल्लास्थित खमनोर सामूदायिक स्वास्थ्य केन्द्रको प्रसुती वार्डमा म्युजिक सिस्टम जडान गरी बच्चा जन्माउन पुगेका गर्भवती महिलाको प्रसव पीडा भुलाउने प्रयास थालेको हो । राजसमंद जिल्लाका अन्य ३७ वटा अस्पतालहरुले पनि प्रसुती वार्डमा म्यूजिक सिस्टम जडानको तयारी गरेका दैनिक जागरणले लेखेको छ । 


ADVERTISEMENT

सुमधुर संगितले महिलाको ध्यान केन्द्रित गर्ने गरेको पाइएको छ । राजस्थानको स्वास्थ्य विभागले म्युजिक सिस्टम जडान गरी सानो आवाजमा सुमधुर गीत बजाउँदा प्रसव पीडा खेपीरहेका महिलाको ध्यान गीततर्फ केन्द्रित हुने र त्यसले प्रसव पीडा भुलाउन सहयोग गर्ने दाबी गर्दै यस्तो उपाय अपनाइएको जनाएको छ । ठूलो आवाजमा बजाए हानिकारक पनि हुनसक्छ ।

चिकित्सकहरुले पनि यसबाट प्रसव पीडा खेपिरहेका महिलालाई मानसिक राहत पुग्ने दाबी गरेका छन् ।  शुरुवाती चरणमा यो प्रभावकारी पनि देखिएको छ । उक्त जिल्लाका अन्य अस्पतालमा पनि म्युजिक सिस्टम जडान गर्ने तयारी रहेको छ । 
 

चैत ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस