×

NMB BANK
NIC ASIA

५१ वर्षपछि बारेकोट पुग्याे सरकारी अधिकारीकाे टाेली

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट- एकाउन्न वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । विसं २०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला वन डिभिजन, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो । 

जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत् शिविर गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदाता नामावलीमा समावेश गरेको छ । शिविरमा यहाँका धेरै स्थानीयवासीले नागरिकता प्रमाणपत्र लिए भने फोटोसहितको मतदाता नामावली र उद्योग दर्ता गराएका छन् । 

नेपाली नागरिकताको प्रमाणपत्र लिनेमा अधिकांश वृद्धवृद्धा बढी रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले राससलाई जानकारी दिनुभयो । चार दिन सञ्चालन भएको शिविरमा एक हजार १३० ले नेपाली नागरिकता प्रमाणपत्र बनाएका छन् । नागरिकता लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएको पाइएको छ । त्यस्तै एक हजार ३४८ ले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । 

नागरिकताको प्रमाणपत्र लिन यहाँका स्थानीयवासीले आफन्तहरु बोेकेर ल्याएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार बारेकोटका अधिकांश वृद्धवृद्धा, युवायुवती नागरिकता नहुँदा वर्षेनी सरकारी सेवा र मतदान सेवाबाट वञ्चित हुँदै आएका छन् । 

दुर्गम भएकाले बारेकोटमा जिल्लास्थित प्रमुख सरकारी टोली २०२४ देखि अहिलेसम्म कोही नपुगेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिनुभयो । भौगोलिकरूपमा विकट मानिएका जिल्लाका गाउँगाउँबाट सदरमुकाम आउन अधिकांश ठाउँबाट कम्तीमा तीन दिन लाग्ने गर्दछ । त्यसमा वृद्धवृद्धालाई सदरमुकाम बोकेर ल्याउन सबैभन्दा ठूलो समस्या हुने गरेको छ । जिल्लाका सबै ठाउँ सडक सञ्जालसँग नजोडिएका कारण यहाँका दूरदराजका स्थानीयवासी सजिलै सदरमुकाम आएर फर्कने अवस्था नभएको हो । 

जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम खलङ्गा आउन त झन् निकै समस्या भएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकामा सरकारी सेवा पाउन ठूलै चुनौती मोल्नु पर्दछ । 

दुर्गम गाउँमा सरकारी सेवा प्रभाव, पहुँच र आवश्यकताको अनुगमनसमेत गरेको जिल्लाको उच्च सरकारी टोलीले बारेकोटमा ठूलो समस्या भएको औँल्याएको छ । सडक सञ्जालसँग बारेकोट नजोडिनु, सरकारी सेवा प्रभावकारी गाउँगाउँमा पुग्न नसक्नु, अहिलेसम्म गाउँपालिकाको कार्यालय गाउँमा सञ्चालन हुन नसक्नु, बैंक स्थापना भए पनि कारोबार जिल्ला सदरमुकामबाटै हुनु, टेलिफोन सेवा नहुनु, जडीबुटी संरक्षण गर्न नसक्नु यहाँका मुख्य समस्या हुन् । 

बारेकोटमा आयोडिनयुक्त नुनदेखि औषधि लिनका लागि दैनिक समस्या भएको पाइएको छ । विकास निर्माणका काम छिटोछरितो गर्न सडक नपुग्नु यहाँको मुख्य समस्या रहेको सरकारी टोलीको निष्कर्ष छ । घोडा, खच्चड र आफैँले पिठ्यूँमा भारी बोकेर दैनिक जीवनयापन गर्ने यहाँका स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउन राज्यले भारी लगानी गर्नुपर्ने देखिन्छ ।

Muktinath Bank

जुम्ला जाने सडकसमेत यही बाटो भएर जाने गर्दछ । भौगलिकरूपमा विकट रहेको यो ठाउँबाट सरकारी उच्च स्थानमा तत्कालीन पञ्चायतकालमा दीपबहादुर सिंह मन्त्री हुनुभएको थियो भने त्यसभन्दा पछि अहिलेसम्म कोही पनि उच्च स्थानमा पुगेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x