×

NMB BANK
NIC ASIA

मन्त्री महासेठकाे कार्यकालमा ७४७ किलोमिटर सडक कालोपत्र

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

Muktinath Bank

मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ । मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो । 

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खण्डस्मित) भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ । यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । मन्त्री महासेठले भन्नुभयो, “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ ।” 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महीनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महीनामा सम्पन्न गर्नेे मन्त्रालयले जनाएको छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । एक वर्षमा ४०/५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो । आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । उहाँले भन्नुभयो, “तीन सय पुल सक्ने लक्ष्य लिइनेछ, कम्तीमा २०० सम्पन्न हुनेछ ।” 

यो एक वर्षमा यातायातका क्षेत्रमा उल्लेखनीय काम भएको मन्त्री महासेठले औँल्याउनुभयो । ‘सिण्डिकेट’को अन्त्य भएकाले यात्रुलाई सहज भएको उहाँले बताउनुभयो । सवारीसाधनमा यात्रु झुण्डिएर यात्रा गर्नुलाई कतिपयले ‘सिण्डिकेट’ अन्त्य नभएको भन्ने गरेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रूपमा दर्ता हुँदै आएकामा अहिले कम्पनीमा दर्ता भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीमा व्यवसायीको एकाधिकार तोडिनु नै उपलब्धि हो ।” 

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “केरुङ–काठमाडौँ रेलमार्गको चीन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ ।” 

जल यातायाततर्फ नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ सडकमा सुधारको काम भइरहेको बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा धुलो कम गर्ने काम भइरहेको छ । सडक बत्ती व्यवस्थापन र सडक चिह्नलगायतका काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक ठाउँमा जेब्राक्रसिङ बनाउनेलगायतका काम भइरहेको छ ।” मन्त्रालयको हालसम्मको समष्टिगत प्रगति १७ दशमलव १० प्रतिशत रहेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x