चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – आफ्नो उत्तराधिकारी भारतमा हुन सक्ने बयान दलाई लामाले दिएपछि चीनले त्यसलाई खारेज गरेको छ ।
तिब्बती बौद्ध धर्मका आगामी आध्यात्मिक नेताले चीन सरकारबाट मान्यता लिनुपर्ने चीनको भनाइ छ ।
नोबेल शान्ति पुरस्कारबाट सम्मानित ८३ वर्षीय दलाई लामाले सोमवार एक समाचार एजेन्सीसँग कुरा गर्दै आफ्नो निधनपछि दलाई लामाको अवतार भारतमा फेला पर्न सक्ने र चीनले मनोनित गरेको अर्को उत्तराधिकारीलाई सम्मान नदिइने बताएका थिए । त्यसपछि चीनको प्रतिक्रिया आएको हो ।
पत्रकारहरूले दलाई लामाको टिप्पणीको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङसँग प्रश्न गर्दा उनले भने, ‘अवतार लिने कुरा बौद्ध धर्मको अनौठो विशेषता हो । यसको निश्चित अनुष्ठान र परम्परा छ । चीन सरकारले
धार्मिक आस्थाको स्वतन्त्रताको नीति लिएको छ । धार्मिक विषयमा हाम्रा आफ्नै नियम कानून छन् र तिब्बती बौद्ध धर्ममा पुनः अवतारको परम्परासम्बन्धी नियमकानून छन् । हामीहरू बौद्ध धर्मको यो तरिकालाई सम्मान र संरक्षण गर्छौं ।’
तिब्बतीहरूले आध्यात्मिक नेता दलाई लामाको उपाधि दिने गरेका छन् । गेङले भने, ‘सयौं वर्षदेखि पुनः अवतारको परम्परा चलिआएको छ । चौधौं दलाई लामालाई पनि धार्मिक रीतिरिवाज अनुसार मान्यता दिइएको थियो र केन्द्र
सरकारले उनलाई मान्यता दिएका थिए । दलाई लामाको पुनः अवतारको राष्ट्रिय नियम कानून र धार्मिक रीतिरिवाजको अनुसरण गर्नुपर्छ ।’
तिब्बतमा सन् १९५९ मा चीनले कब्जा जमाएपछि दलाई लामा भागेर भारत पुगेका थिए ।
एजेन्सी
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...