×

NMB BANK
NIC ASIA

होली विशेष

बाबु बोगटीको त्यो होली : जसले उनलाई प्रहरी चौकी पुर्‍यायो !

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गायक तथा नायक बाबु बोगटीलाई तिहारपछिको मनपर्ने पर्व हो होली । बाबुले हरेक वर्षको होलीलाई उल्लासमय तरिकाले मनाउँदै आएका छन् ।

Muktinath Bank

‘रंगको पर्व भएको हुनाले पनि अत्यन्तै मन पर्छ,’ बाबु भन्छन्, ‘यस वर्ष पनि उल्लासमय तरिकाले मनाउने छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष उनी विभिन्न टेलिभिजनले आयोजना गरेका होली विशेष कार्यक्रममा व्यस्त बनेका छन् । ५ वटा टेलिभिजनबाट निमन्त्रणा आएको छ उनलाई ।


Advertisment
Nabil box
Kumari

ती कार्यक्रममा पुगेर प्रस्तुती दिनुका साथै केही समयअघि सार्वजनिक गीत ‘टिकुली’को प्रमोसन गरिरहेका छन् । दिउँसो कार्यक्रममा व्यस्त भएपनि बेलुका भने साथीभाइसँगै कतै बसेर रमाइलो गर्ने योजनामा छन् बाबु । 

Vianet communication
Laxmi Bank

‘दिउँसो कार्यक्रमहरूमै व्यस्त रहन्छु । कार्यक्रम सकेपछि साथीहरूसँग गेट टुगेदरमा बिताउने सोचमा छु,’ बाबु भन्छन् । होलीमा साथीभाइ भेटेर खुशी साटासाट गर्न पाइने अनि रमाइलो गर्ने वातावरण पनि हुने भएकाले आफूलाई होली विशेष मनपर्ने उनी बताउँछन् । रंगको पर्व होलीले आममानिसमा उमंग ल्याउने, आत्मियता बढाउने साथै सकारात्मक सोचको विकास गर्ने बाबुको बुझाइ छ ।

होली सम्झना

भोजपुरमा जन्मिएका बाबु सानै उमेरदेखि होली खेल्थे । ‘५–६ कक्षामा पढ्दा माथिल्लो कक्षाका दाइहरूले अविर लगाएको देख्दा मलाई नि लगाउन मन लाग्थ्यो,’ बाबु भन्छन्, ‘अनि अविर लगाएपछि गाउँभरि देखाउन हिँड्थें ।’

बाल्यकालमा साथीभाइ तथा आफन्तसँग होली मनाउने बाबु गायक तथा नायक भएपछि कलाकारहरूको घर, कार्यक्रममा पुगेर होली मनाउने गरेको बताउँछन् । होली खेल्ने क्रममा प्रहरी चौकीसम्म पुग्नु परेको बाबु स्मरण गर्छन् ।

‘२०५७–५८ सालतिरको होलीमा म प्रहरी चौकी नै पुगेको छु,’ उनी भन्छन् । चौकीसम्म नै पुग्नुपर्ने उनले के गरेका थिए ? बाबुका अनुसार उनीसहित १५–२० जनाको समूह होली खेल्न पुतलीसडक निस्केका थिए । पुतलीसडकमा अर्को एक समूहले सडकमा हिँड्नेहरूलाई जबर्जस्ती लोला हान्ने, पानी छ्याप्ने गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरिसकेका रहेछन् ।

बाबुका साथीहरूको समूह त्यही नजिकै थियो । प्रहरीको भ्यान आइपुग्यो । अर्को समूहका सबै जना भागे । बाबुका साथीहरू पनि प्रहरी देखेर टाप कसे । तर बाबु भागेनन् ।

‘मैले केही गरेको छैन भने म किन भाग्ने भनेर भागिनँ,’ बाबुले स्मरण गर्दै सुनाए, ‘तर मानिसलाई दुःख दिने भन्दै प्रहरीले मलाई भ्यानमा हालेर चौकी पुर्यायो ।’

बाबुले दिउँसोको साढे १ बजेदेखि साँझको ५ बजेसम्मको समय चौकीमा बिताए । ‘मैले प्रहरी चौकीमा साढे १ देखि ५ बजेसम्म बिताए । गल्ती नगरेको हुँदा डर नलागेपनि जीवनमै पहिलोपटक चौकी पुगेको हुनाले म किन नभागेको हुँला भनेर केही पश्चाताप महसुस चाहिँ भयो,’ उनी सुनाउँछन् ।

हरेक होलीमा आफूले त्यो होली सम्झिरहने बाबु बताउँछन् । बाबुलाई जबर्जस्ती होली खेल्ने, रंग दलिदिने गरेको मन पर्दैन । भन्छन्, ‘यो सद्भावको पर्व हो । होलीमा कसैको इच्छा विपरीत लोला हान्ने, रंग दल्ने नगरौं । आपसी सद्भाव कायम गर्दै सभ्य तरिकाले मनाऔं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x