×

NMB BANK
NIC ASIA

राजनीतिबाट बिरक्तिएपछि कृषिमा लागेका पूर्वमन्त्री भन्छन्- अब फर्किन्न !

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लमही – तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन् ।

Muktinath Bank

पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा ‘ड्रागन फ्रुट’ खेती शुरू गरेका छन् । “पहरामा फूल फुलाउन र मरुभूमिमा मूल फुटाउन त्यति सजिलो छैन,” उनले भने– “तर म प्रयास गर्दैछु ।” त्यो उजाड जमीनमा दाङमै पहिला पटक ड्रागन फ्रुट अर्थात ‘रातकी रानी’ को उत्पादन गर्न उनी जुटिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू मन्त्री हुँदा राजनीतिक भ्रमणमा चीन गएको र त्यतिबेला पहिलो पटक खाएको फल ‘ड्रागन फ्रुट’लाई आफैंले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने उनलाई त्यो बेलादेखि लागेको रहेछ ।


Advertisment
Nabil box
Kumari

“म, नारायण काजी श्रेष्ठ, रामबहादुर थापा सहितको टोली चीन गएका थियौं,” उनले भने– “त्यतिबेला चीनमा हामीलाई यो ड्रागन फ्रुट दिइएको थियो । हामीलाई कसरी खाने भन्ने पनि थाहा थिएन तर, मैले जुक्ति लगाएर नजीकको चक्कुले काटे, अनि काँटीले निकालेर खान थाल्यौं ।” 

Vianet communication
Laxmi Bank

नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूले नेपालमा यसको खेती शुरू गरेको उनले बताए । उनका अनुसार तराईमा यसका लागि उपयुक्त हावापानी छ । यस फलमा ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने गुण छ । 

ड्रागन फ्रुटको बिरुवा नेपालमा नपाइने भएकाले भियतनाम, थाइल्यान्डलगायतका देशबाट ल्याउने गरेको उनले बताए । तीन प्रकारका बिरुवाहरु पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवाहरु उनले लगाएका छन् । ती विदेशबाटै कलमी गरेर ल्याइएका बिरुवा हुन् । 

युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उनले भाडामा लिएका हुन् । “पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन्,” उनले भने- “उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरूआत गरेको हुँ ।” 

पन्ध्र वर्षका लागि ४० लाख रुपैयाँमा उनले जग्गा भाडामा लिएका हुन् । अहिले करीब ७/८ कठ्ठामा जग्गामा दुई हजार १०० बिरुवा रोपिएका र बाँकी जग्गाका लागि चार हजार बिरुवा आउँदै गरेको उनले जानकारी दिए । लगाएको दुई वर्षदेखि यसले फल दिन थाल्छ । 

पूर्बमन्त्री बिष्टलाई सघाउने पाँचजना छन् । दुईजना नियमित काममा खटिएका छन् भने अन्य तीनजना काठमाडौंमा बस्छन् । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरोमा खाँबो गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यहीँ डिप बोरिङ गरेर हप्तामा २/३ पटक सिंँचाइ गर्ने गरिएको छ । 

यो फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले पनि रातकी रानी भन्ने गरिएको हो । जेठको १५ गतेदेखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्ने पूर्वमन्त्री बिष्टले बताए । फूल फुलेको चार/पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको विशेष चिया बन्ने पनि उनले जानकारी दिए । उनका अनुसार फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल १५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ । 

राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म यसबाट फल लिन सकिन्छ । यो सिउँडी प्रजातिको फल हो । दाङका लागि ड्रागन नौलो फलको रुपमा रहेको उनले बताए । अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फल मिठो नभए पनि औषधीय गुणले भरिपूर्ण रहेको पूर्वमन्त्री बिष्टको भनाइ छ । 

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको मुन्टाको पनि गजबको तरकारी बन्ने उनले बताए ।

लामो समयको अध्ययन र अनुसन्धान पछि यो खेतीतर्फ आकर्षित भएका रहेछन्, विष्ट ।

करीब १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने लक्ष्य भए पनि लगानी नजुट्दा समस्या भएको उनले बताए । अहिले दाङमै कालो धानको खेती गरिरहेका उनको ठूलो लगानीमा धेरै खेती गर्ने र युवालाई स्वरोजगार प्रदान गर्ने लक्ष्य छ ।

“करीब १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने योजना बनाएको छु,” उनले भने– “आवश्यकतानुसार लगानी गर्ने वातावरण मिलाउन सकिएको छैन ।” 

मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा सक्रिय रहेका उनी अब भने राजनीतिमा नफर्कने बताउँछन् । कृषि क्रान्ति गरेरै बाँकी जीवन बिताउने उनको अठोट छ । दीपक बोहरा / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x