मंसिर २४, २०८०
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
काठमाडौँ- विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपाल रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ ।
मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा आफ्ना विचार राख्दै अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले आफू यसको पूर्वाधार निर्माणकै लागि गृहकार्य गर्न हाल नेपाल आएको बताए ।
संस्कृतमा रहेका ज्ञान–विज्ञानलाई बाहिर ल्याउन यो अवसर हुने भएकाले सहयोग गर्न उनले गोष्ठीका विद्वानसँग आग्रह गरे । '२०० वर्ष अघिसम्म सबै ज्ञान संस्कृतमै थियो, संस्कृतमा भएका शिल्पकला, वास्तुकलामा हाल कसैको ध्यान जान सकेको छैन, एउटा न्यातपोल मन्दिर निर्माणकै विषयको एक हजार ५०० पृष्ठको दस्तावेज राष्ट्रिय अभिलेखालयमा छ, तर त्यसका पाठक छैनन्, ज्ञान पुस्तकमै थन्केर बसेको छ,' उनले भने ।
योग र आयुर्वेदलाई व्यवस्थित रुपमा अध्यापन गराए धेरै देशका विद्यार्थीले नेपालमा पढ्न आउने इच्छा देखाएको प्राध्यापक आचार्यले सुनाए । जर्मनी, जापान हुँदै हाल बेलायतमा संस्कृत पढाउन पुग्दा धेरै देशका विद्यार्थीले पूर्वीय दर्शनका धेरै विषयको अध्ययन यहीँ आएर गर्न चाहेको सुनाउँदै उनले त्यसको वातावरण बनाउने काम सरकारको रहेको धारणा राखे ।
अमेरिकाको सेन्ट्यागो विश्वविद्यालयमा तन्त्रका प्राध्यापक डा स्थानेश्वर तिमल्सिनाले अरू देशका प्राध्यापकले जति निष्ठाले त्यसअनुरुपको शिक्षण प्रणालीको विकास हुने क्रम कम हुँदै जाँदा नेपालमा संस्कृतलगायत समग्र शिक्षाकै स्तर खस्किएकोतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।
संयुक्त राष्ट्र सङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले नेपालमा योग र आयुर्वेद अध्यापनका लागि उपयुक्त केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए । विवेकानन्द सांस्कृतिक संस्थानका निर्देशक प्रा डा केदारनाथ शर्माले संस्कृतको विकासका लागि अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने बताए ।
दोस्रो दिनको कार्यक्रममा प्रा डा माधव भट्टराईले ‘नेपाल–भारतको चिन्तन प्रणालीमा संस्कृतको प्रभाव’, प्रा भीमप्रसाद खतिवडाले ‘संस्कृत नाटक लेखन परम्परा’, प्रा डा साम्बराज आचार्यले ‘नेपालको ज्योतिष परम्परा’, आमोदवद्र्धन कौडिन्न्यायनले ‘संस्कृतमा योग र आयुर्वेद परम्परा’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिहीवारसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी विद्वानको सहभागिता छ । कार्यक्रममा उठेका विषयवस्तुलाई समाहित गरी घोषणापत्र जारी गरिने जनाइएको छ । कार्यक्रममा वासुदेवकृष्ण शास्त्रीले फागु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारेका थिए ।
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...