×

NMB BANK
NIC ASIA

'जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि, त्यसैले मन रङ्ग्याउनुपर्छ !'

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

–प्रकाश सिलवाल 

Muktinath Bank

काठमाडौँ-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“आउ प्रिय हामी मिलेर खेलौ होली 
भरिदिन्छु तिम्रो म मायाको झोली 
जे जे गर्नु छ आजै समय छँदै गरौँ 
कसले देखेको छ र के हुन्छ भोलि ।” 


Advertisment
Nabil box
Kumari

चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् । 

Vianet communication
Laxmi Bank

खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा शहरका विभिन्न स्थानमा म्युजिक सिष्टमसहित बनाइएका मञ्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमाञ्चित बनायो । विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरञ्जन लिइरहेका छन् । 
विगत वर्षमा जस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ्ग हाल्ने क्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो । होलीकै क्रममा टोखामा व्यस्त हुनुभएका कलाकार सीताराम कट्टेल ¬‘धुर्मुस¬’ ले दर्शकलाई भरमग्धुर हसाउन व्यस्त हुनुभयो भने हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रस्तुत भई होलीका सन्देश प्रस्तुत गर्नुभयो । 

होलीका लागि गजुरेलको सन्देश छ : 

“जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि 
होलीको रङ्ग अहिले दल्नुस् भरे धुनुपर्छ 
त्यसैले अनुहार होइन मन रङ्ग्याउनुपर्छ ।” 

हास्यव्यङ्य प्रस्तुतिको पहिचान बोकेको ‘रेडियो अडियो¬’ ले नयाँ बानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरञ्जन दिलायो । आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’ को ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा..” बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए । 

कलाकार बोलाएर महाराजगञ्जमा ‘रेडियो अन्नपूर्ण’ ले यस वर्ष त्यस क्षेत्रमा उत्सव मनाएको छ । यस्ता कार्यक्रमका लाइभ प्रस्तुतिलाई पनि स्रोताले रुचाएका छन् । वसन्तपुरमा सदाझैँ यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशी मात्र नभई विदेशीसमेत रमाएका छन् । काठमाडौँका विभिन्न स्थलबाट सवारी साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए । भक्तपुर र पाटन दरबार स्क्यावरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे । 

नायिका÷निर्देशक दिपाश्री निरौलाले ¬‘नसारहित सुन्दर जीवन सम्भव छ..’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नं १ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाउनुभयो । रासससँग कुरा गर्दै निरौलाले भन्नुभयो, “लागुपदार्थ दुव्र्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नु हुँदैन भन्ने हाम्रो सन्देश हो, प्रदेश नं १ बाट यो अभियान शुरु भएको छ ।” 

होलीका क्रममा जथाभावी पानी फ्याल्ने र रङ्ग दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ्ग, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ । बढी रङ्ग र माटो दल्दा वा अत्यधिक मादक पदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x