राजपामा थपिए ५ कर्मचारी

चैत ७, २०७५

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालले पाँच जना कर्मचारीको नियुक्त गरेको छ ।

राजपाका संयोजक महेन्द्र यादवको कार्यकालको अन्तिम दिन मंगलवार यसअघि विदा गरे तीन र नयाँ दुई कर्मचारी गरी पाँच जनालाई नियुक्त गरिएको छ । प्रदीप पाठक, रञ्जित निष्पक्ष र सुरेन्द्र मण्डल यसअघि पनि कार्य गरिसकेका छन् भने अभिषेक कर्ण र रामपुकार साह (सुडी) नयाँ रहेका छन् ।


ADVERTISEMENT

राजपा नेपालको महाधिवेशनलाई ध्यानमा राखी पार्टीको अभिलेखलगायत अन्य कागजातहरू चुस्तदुरुस्त राख्न पाँच कर्मचारी थप गरिएको पार्टी स्रोतले जनाएको छ । राजपा नेपालको एकताको भावना अनुकूल इमान्दार र निष्पक्ष कार्य सम्पादनको अपेक्षासहित नियुक्त गरिएको हो ।

चैत ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस