सेञ्चुरी बैंकले शेयरधनीलाई ६.५ प्रतिशत लाभांश दिने

चैत ७, २०७५

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

बैंकको कूल चुक्ता पूँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको २ प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८ सय ५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने छ ।

चैत ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस