माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
चैत ८, २०७५
काठमाडौं – काठमाडौं उपत्यकामा शुद्ध खानेपानी भन्दै खोलाको फोहर पानी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
ट्याङ्करमार्फत राजधानीवासीका घर–घरमा शुद्ध पानी भन्दै विक्री हुँदै आएको पानी कुन कम्पनी वा वितरणकर्ताले बेचिरहेको छ भन्ने खुल्ने अवस्था समेत छैन ।
लोकान्तर डटकमले गरेको स्थलगत रिपोर्टिङका क्रममा पानी बेच्ने ट्याङ्कर कुन कम्पनीअन्तर्गत भन्ने समेत नभएको फेला परेको छ ।
घटना- १
चोभारको चक्रतीर्थ प्रालिको पानी भर्ने ठाउँमा पानी ट्याङ्करहरू लाइनमा बसेर पानी भरिरहेका थिए । पानीको क्यू लिने ठाउँमा एक व्यक्ति बिल काटिरहेका थिए । पानी कम्पनी र उनको नाम सोध्दा उनी तर्किन खोजे ।
उक्त स्थानमा पानीका लागि डीप बोरिङ गरिएको थियो, तर पानी निकालिएको स्थानदेखि पानी ट्याङ्करमा राख्ने स्थानसम्म निकै फोहर थियो ।
बिल काटिरहेका व्यक्तिलाई पानी कम्पनीको मालिक (व्यवस्थापक)सँग कुराकानी गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दा उनले आफू कर्मचारी मात्र भएको र व्यवस्थापकबारे जानकारी नभएको बताए ।
ट्याङ्करमा भर्दै गरिएको पानी फोहर देखिएपछि उनलाई यसबारे जिज्ञासा राख्दा भने, ‘यो पिउनका लागि पठाउन लागेको पानी होइन, अरू नै प्रयोजनका लागि हो ।’
उनको कुरा सुनेपछि हामी ट्याङ्करका चालक र सहचालकसँग कुराकानी गर्न थाल्यौं । नाम नबताउने शर्तमा एक सहचालकले भने, ‘पिउने पानी माग भएको ठाउँमा हामी यही पानी लैजान्छौं ।’
उक्त स्थानमा पानी भर्न आएको ना २ ख ६४७६ को ट्याङ्करमा पानी भरिरहेका सहचालकले गाडीमा १२ हजार लिटर पानी अटाउने र काठमाडौंका धेरै ठाउँमा आफूहरूले पानी लैजाने गरेको बताए ।
‘यो पानी त खान मिल्छ जस्तो देखिँदैन त ?’ लोकान्तरको जिज्ञासामा सहचालकले भने, ‘लुगा धुन र अन्य कामका लागि पानी लैजाने गरेका छौं । पानी माग गर्नेहरूले यो पानी खान पनि मिल्छ भनेर सोध्ने गरेका छन् ।’
उनले दैनिक करीब ८० ट्याङ्कर पानी चोभारको चक्रतीर्थ प्रालिबाट काठमाडौंका विभिन्न स्थानमा पुर्याउने गरेको बताए ।
घटना- दुई
पानीका स्रोतहरूको अवस्थाबारे बुझ्ने क्रममा हामी टौदहमा पुग्यौं । जहाँबाट राजधानीका विभिन्न स्थानमा पानीको आपूर्ति हुने गरेको छ ।
महालक्ष्मी पानी सप्लायर्स कम्पनीको नामबाट पानी आपूर्ति हुँदै आएको छ । तर उक्त कम्पनीले प्रशोधनको कुनै प्रक्रिया नै नगरी पानी बिक्री वितरण गर्दै आएको पाइएको छ ।
खोलामा पाइप जोडेर सिधै ट्याङ्करमा पानी भरिरहेको दृश्य त्यहाँ लुकेको छैन ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी ट्याङ्करहरूमा पानीको प्रयोजनका आधारमा निलो र हरियो स्टिकर टास्ने गरेको छ ।
निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनयोग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने व्यवस्था गरिएको छ । तर टौदहमा महालक्ष्मी पानी सप्लायर्सले खोलाबाट सिधै ट्याङ्करमा भरेको पानीमा खानका लागि योग्य मानिने निलो रंगको स्टिकर टाँसिएको थियो ।
प्रशोधन नगरिएको खोलाको पानी पीउने प्रयोजनका लागि सिधै ट्याङ्करमा भरेर उपभोक्तालाई बेचिरहेको बारे महालक्ष्मी पानी सप्लायर्सका सञ्चालक विकास महर्जनलाई प्रश्न गर्दा उनले पानी सिधै मूलबाट आएकाले खानयोग्य भएको तर्क गरे ।
‘यस्ता समाचारहरू आइरहन्छन्,’ कड्किँदै महर्जनले भने,‘मूलको पानी हो, कुन प्रयोजनमा लान्छन् मलाई थाहा छैन ।’
महालक्ष्मी पानी सप्लायर्सबाट दैनिक ८० देखि ९० ट्याङ्कर पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिधै पिउने र अन्य प्रयोजनका लागि बिक्री हुने गरेको छ । तर उक्त कम्पनीले आवश्यक न्यूनतम मापदण्डसमेत पालना गरेको देखिँदैन ।
निलो स्टिकर टाँसेको मात्रै पिउन योग्य
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानीको प्रयोजनको आधारमा पानी भर्ने ट्याङ्करहरूमा स्टिकर अनविार्य टाँस्नु पर्ने व्यवस्था गरेको छ ।
बोर्डले निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनका लागि योग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने बताएको छ ।
जानकारी यसअघि नै गराइसकेको थियो । त्यस्तै पहेलो स्टिकर भएको ट्याङ्करको पानी पिउन बाहेक लुगा धुने, भाँडा माझ्ने लगायतका घरायसी काममा प्रयोग गर्न सकिने र सामान्य प्रशोधनबाट समेत पिउनयोग्य नहुने बोर्डको व्यवस्था छ । तर उपत्यकाका अधिकांश जसो पानी विक्री वितरण गर्दै आएका पानी उद्योगहरूले न्यूनतम मापदण्ड समेत पालन नगरि सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । पानी माग गर्ने व्यक्तिले पनी आफूले माग गरेको पानीको गुणस्तरबारे ख्याल नगर्दा ठगीदै आएका छन् भने स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ ।
दूषित पानीको उपभोगका कारण विशेष गरी हैजा, झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, बान्ता हुने, पेटमा समस्या, दाँतमा समस्या, ज्वरो आउनेजस्ता सामान्यदेखि ज्यानै लिन सक्ने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ ।
अर्कोतिर आर्सेनिकजस्ता रसायनको अवशेषयुक्त पानीको उपभोगले अल्पकालीन तथा दीर्घकालीन रूपमा सामान्यदेखि ज्यानै लिने खतरनाक समस्या देखिन्छ ।
आर्सेनिकयुक्त पानीको सेवनले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुन सक्छ । त्यस्तै क्लोरिन, फ्लोराइड, नाइट्रेट, लिडजस्ता रसायन तथा विषादीको अवशेष बढी भएको पानीको उपभोगले पेट, छाला, आँखा, श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न अंगमा क्यान्सरजस्ता असर देखिन सक्छन् ।
(अर्काइभबाट)
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...