×

NMB BANK
NIC ASIA

राजधानीमा भूमिगत पानीको अत्यधिक दोहन, कालान्तरमा उपत्यका भासिने खतरा !

चैत ८, २०७५

NTC
Sarbottam
स्केच स्रोत : हाकाहाकी/नेफेज
Premier Steels
Marvel

काठमाडौं –काठमाडौं उपत्यकामा अहिले दैनिक ३२ करोड लिटर पानीको माग छ, तर आपूर्ति त्यसको आधा पनि छैन ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार सुख्खा याममा दैनिक ९ करोड लिटर र वर्षायाममा १६ करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवश्यकता अनुसार पानीको आपूर्ति नहुँदा जमिनमुनिको पानी डीप बोरिङबाट निकाल्ने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

कतिपयले यही पानी प्रशोधन गरी पिउनका लागि समेत प्रयोग गर्दै आएका छन् भने अधिकांशले अन्य प्रयोजनका लागि प्रयोग गर्छन् ।

Vianet communication
Laxmi Bank

उपत्यकाका  होटल, आवास क्षेत्र, अपार्टमेन्ट, व्यापारिक भवन, सरकारी र अर्धसरकारी निकाय, राजदूतावास, उद्योग, अस्पताल, नर्सिङ होम, विद्यालय लगायतमा डीप बोरिङ गरी भूमिगत पानीको प्रयोग गरिन्छ ।

यसरी पानी निकाल्दा उपत्यकाको जमिनमुनि रहेको पानी दिनानुदिन घट्दै गएको छ । उपत्यकाका पुरातात्विक ढुंगेधारा सुकेका छन् ।

उपत्यकामा दैनिक करीब ७ करोड लिटर भूमिगत पानी निकाल्ने गरिएको एक अनुसन्धानले देखाएको भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ मा उल्लेख छ ।

त्यसयता यस किसिमको अनुसन्धान नभए पनि पानीको दोहन बर्सेनि बढ्दै गएको तथ्य कसैबाट लुकेको छैन ।

यसरी पानी निकाल्दा उपत्यकाका कतिपय स्थानमा बर्सेनि २.५ मिटरसम्म पानीको सतह घटिरहेको छ । औसतमा यसरी घट्ने क्रम वर्षको १ मिटरभन्दा बढी छ ।

उपत्यकामा रहेका ३ सय ८९ ढुंगेधारामध्ये अधिकांश सुकिसकेका छन् । सञ्चालनमा रहेकामध्ये पनि धेरैमा वर्षायाममा मात्र पानी आउँछ ।

काठमाडौं उपत्यकाबाट दैनिक ४ करोड लिटर पानी निकाल्न सकिने भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ को प्रतिवेदनले देखाएको छ ।

उक्त नीतिलाई अधार मान्ने हो भने दैनिक ४ करोड लिटरभन्दा बढी पानी निकालिन्छ ।

यसरी भूमिगत जल सतह घट्दै जाने हो भने कालान्तरमा उपत्यका नै भासिन सक्ने खतरा रहेको इन्जिनीयर समेत रहेका अभियान्ता गणेश शाह बताउँछन् ।

‘अहिलेसम्म भूमिगत पानी कति निकाल्ने, उपत्यकाको जमिनमुनि कति पानी छ, भन्ने बारेमा सरकारी निकायले अध्ययन गरेको देखिँदैन,’ उनले भने, ‘भूमिगत पानीसम्बन्धी कुनै पनि कानून नहुँदा जथाभावी पानीको दोहन भइरहेको छ ।’

इन्जिनीयर अनिल केशरीका अनुसार उपत्यकाभित्रको पानी जति मात्रामा प्रयोग गरिन्छ, त्यति नै परिपूर्ति (टेक्निकल भाषामा ‘रिचार्ज’) गर्नुपर्ने हुन्छ ।

‘प्रयोग गरेपछि जसरी मोबाइलको ब्याट्री सकिन्छ, त्यसरी नै पानीको स्रोत पनि सकिन्छ,’ उनले भने, ‘ब्याट्री रिचार्ज गरेजसरी भूमिगत पानी पनि रिचार्ज गर्नुपर्छ । प्राकृतिक रूपले पानी कमै मात्रामा रिचार्ज हुन्छ हुने भएकाले कृत्रिम तरिकाले पानी रिचार्ज गनुपर्छ, यसतर्फ कसैको ध्यान गएको देखिँदैन ।’

खानेपानीसम्बन्धी कानूनको मस्यौदा खानेपानी मन्त्रालयमा ड्राफ्ट भइसकेको छ, मन्त्रिपरिषद्बाट पारित भई विधेयकको रूपमा संसद्‍मा जान बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x