×

NMB BANK
NIC ASIA

काठमाडौं -फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि देशैभर प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

Muktinath Bank

प्रहरीको सक्रियताकै कारण विप्लव समूहका एक दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबार राति काभ्रेमा विप्लव नेकपाका कार्यकर्तासँग प्रहरीको दोहोरो भिडन्त भएको समाचार सार्वजनिक भयो र दोहोरो फायरिङ नै भएको दाबी गरियो । यद्यपि घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन । प्रहरी र विप्लव समूहका आ-आफ्नै दाबी छन् । काभ्रे घटनाका पछाडि नख्खु विस्फोटका प्रमुख योजनाकारलाई पक्राउ गर्ने प्रहरीको उद्देश्य रहेको प्रहरी स्रोतले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

विहीवार बिहान प्रहरीले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध रहेको आरोपमा कालिकोटबाट पत्रकार कर्णबहादुर विश्वकर्मालाई पक्राउ गर्‍यो । रेडियो नयाँ कर्णालीका संवाददाता समेत रहेका विश्वकर्मालाई स्टुडियोबाटै पक्राउ गरेको थियो । 

Vianet communication
Laxmi Bank

विश्वकर्मा पक्राउको सर्वत्र विरोध भएको छ । आस्थाका आधारमा मात्र पत्रकारलाई गिरफ्तार गरिएकोप्रति नेपाल पत्रकार महासंघ कालिकोटले विरोध पनि विरोध जनायो । विना कुनै पूर्जी कार्यस्थलबाटै पत्रकार गिरफ्तारीमा पर्नु निन्दनीय भएको महासंघको प्रतिक्रिया छ ।

खुला गतिविधिमा कमी 

फागुन २८ गतेबाट प्रतिबन्ध लागेपछि विप्लव समूहको गढ मानिएको कालिकोटमा उनीहरूको गतिविधिमा कमी आएको स्थानीय जनप्रतिनिधि र प्रहरीले बताएका छन् । विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला समेत रहेको कालिकोटलाई नेपाल प्रहरीले पहिल्यैदेखि सुरक्षाको दृष्टिकोणले संवेदनशील जिल्ला मान्दै आएको छ ।

'अहिले विप्लव समूहको गतिविधि कम भएर गइरहेको छ,' कालिकोटको खाडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टले लोकान्तरसँग भनिन्, 'हाम्रो नगरपालिकाको नौवटा वडा छन्, हामी निरन्तर वडाहरूमा गइरहेका हुन्छौं । तर विप्लव समूह नै भनेर हामीसँग कोही कुरा गर्न आएका छैनन् र हामीले पनि कसैलाई सोध्दै हिँड्ने कुरा भएन ।'

विष्टका अनुसार प्रतिबन्धले पहिला हुँदै आइरहेका केही राजनीतिक गतिविधिहरूमा पनि कमी आएको छ । 'प्रहरीलाई विप्लव समूहका कोही देख्नेवित्तिकै पक्राउ गर्ने सर्कुलर भएकाले बाहिर नआएका हुन सक्छन्,' विष्टको धारणा छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले पनि विप्लव समूहका गतिविधिमा कमी आएको स्वीकार्छन् ।

'सरकारले राजनीतिक पार्टी नै प्रतिबन्ध गरेकाले हामीले विप्लव समूहका जो कोही देखे पनि पक्राउ गर्ने गरेका छौं,' प्रहरी स्रोतले भन्यो, 'कुनै आपराधिक गतिविधि नै नगरेको र हातहतियार सँगै नभएकालाई पनि पार्टीमा आबद्धता भएको आधारमा पक्राउ गर्ने गरेका छौं । पार्टीमाथि प्रतिबन्ध लागेपछि उनीहरूको गतिविधिमा कमी आएको छ । बाहिर खुल्ला हिँड्न छाडेका छन् ।'

शान्तिसुरक्षामा खलल पारेको मुद्दा 

प्रहरीले विप्लवका नेता कार्यकर्ता भेट्नेबित्तिकै समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाउने गरेको छ । प्रहरी कार्यालयमा लगेपछि उनीहरूलाई शान्ति सुरक्षामा खलल पारेको आरोपमा मुद्दा लगाइने गरेको प्रदेश नम्बर ६ का प्रहरी प्रवक्ता लोकनाथ तिम्सिनाले बताए । सरकारले नै पार्टीलाई प्रतिबन्ध लगाइसकेको अवस्थामा प्रहरीले उक्त पार्टीका नेता कार्यकर्तालाई समात्न अन्य कारण नचाहिने तिम्सिनाको भनाइ छ ।

'सामान्य र शान्तिपूर्ण हिसाबले राजनीतिक गतिविधि गर्छन् भने उनीहरूलाई किन समात्नु भन्ने खालको कोणबाट पनि बहस भइरहेको देखिन्छ,' तिम्सिनाले लोकान्तरसँग भने, 'तर सरकारले नै पार्टीलाई प्रतिबन्ध लगाइसकेको अवस्थामा हामी त्यतातिर जाने कुरा भएन । प्रतिबन्ध अगाडि उनीहरूलाई राजनीतिक क्रियाकलाप गर्न छूट भएतापनि अहिले त्यो छूट दिएका छैनौं ।'

विप्लव नेतृत्वको समूहका नेता या कार्यकर्ता जो भएपनि पक्राउ गर्न र जिल्लामा लगेर शान्तिसुरक्षा खलल पारेको आरोपमा मुद्दा चलाउन प्रहरीलाई सर्कुलर छ । यद्यपि अहिले उनीहरूको गतिविधिमा निकै कमी आइरहेको तिम्सिना बताउँछन् ।

कालिकोटमा विप्लव समूहको भौतिक संरचना

विप्लव नेतृत्वको पार्टीको प्रवक्ता समेत रहेका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को गृहजिल्ला कालिकोटमा उक्त पार्टीले भौतिक संरचनाहरूको निर्माण गरिरहेको छ ।

प्रकाण्डकै अगुवाईमा कालिकोटको मालकोटमा शहीद स्मृति भवन र पार्टी हेडक्वार्टर निर्माण भइरहेको छ । प्रहरी स्रोतका अनुसार हेडक्वार्टरसम्म पुग्नका लागि खुलालुबाट मालकोटसम्म १४ किलोमिटर सडक निर्माण पनि भइरहेको छ । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि संरचना निर्माणमा रोक लगाएको प्रहरीले दाबी गरेको छ । तर विप्लव निकट स्रोतले भने संरचना निर्माणमा कुनै रोक नलागेको दाबी गर्‍यो ।

'त्यो स्थानीयको सहभागितामा भएको विकास निर्माणको काम हो, हामीमाथि प्रतिबन्ध लाग्यो भन्दैमा विकास निर्माणका काममा पनि प्रतिबन्ध लगाउन त भएन नि !' विप्लव निकट स्रोतले लोकान्तरलाई भन्यो, 'हामीलाई प्रतिबन्ध लगाउने नाममा सरकारले गरीब जनताको घरमा पुग्न लागेको बाटो पनि रोक्ने प्रयास गर्छ भने यो जत्तिको तानाशाही के हुन सक्छ ?'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x