×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको बोली : विकास र परिवर्तन नचाहनेहरू सरकारसँग डराए !

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तन नचाहनेहरू अहिलेको सरकारसँग डराएको बताएका छन् ।

Muktinath Bank

‘सरकारले राम्रा काम अघि बढाइरहँदा कतिपय आतंकित भएका छन् । उनीहरूले जे गरेपनि नराम्रो ठान्छन्,’ शुक्रवार रुपन्देहीको तिलोत्तमा–१ नयाँमिलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एयरपोर्ट बनाउँदा, सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदा, जे गर्दा पनि उनीहरू सरकारकै विरोधमा हुन्छन् ।’ प्रधानमन्त्री ओलीले जति विरोध गरे पनि सरकारले चौतर्फी रुपमा विकासका काम अघि बढाउने प्रष्टाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकभर विकासको लहर चलिरहेको चर्चा गर्दै उनले यो लहर समृद्ध नेपाल नबन्दासम्म चलिरहने बताए । ‘विकास यो अभियानले समृद्ध नेपाल खुशी नेपाली बनाएर छोड्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले सरकारले गरेका राम्रा कामको विरोधमा कतिपय बुद्धिजीवी र मिडिया समेत लागिपरेको उल्लेख गरे । नेपाली जनता खुशी नेपाली हुन पाउनुपर्छ भन्ने अभियानमा वर्तमान सरकार लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसबाट आफू विचलित नहुने प्रष्ट पारे । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय एकता र शान्तिका लागि सबैबाट अठोट चाहिएको बताउँदै उनले गौरवपूर्ण इतिहास बोकेको देशलाई समृद्ध बनाउने अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताए । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले तिलोत्तमामा बन्ने मेडिकल कलेजले प्रदेश ५ बासीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । विज्ञान र प्रविधिको लाभ सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज बनाउन थालेको जानकारी उनले गराए । 

Vianet communication
Laxmi Bank

स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आहार–बिहारमा विशेष ध्यान दिन सबैलाई आग्रह गरे । स्वास्थ्यका सन्दर्भमा पूर्वीय दर्शनको गौरवपूर्ण ईतिहास रहेको चर्चा गर्दै उनले भोक लाग्ने गरी काम वा व्यायाम गर्न सुझाए । 

प्रदेशबासीलाई सुलभ स्वास्थ्य सेवा दिन मेडिकल कलेज : पौडेल 

कार्यक्रममा संघीय सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिभाशाली विद्यार्थीको स्वास्थ्य शिक्षामा पहुँच बढाउँदै प्रदेशबासीलाई सुलभ स्वास्थ्य सेवा दिन मेडिकल कलेज निर्माण गर्न थालिएको बताए । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मेडिकल कलेज निर्माणको निर्णय भएकोमा बीचमा केही अपेक्षित काम हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले काम मेडिकल निर्माणको काम अघि बढ्ने प्रष्टाए ।

‘अब मेडिकल कलेज निर्माणको काम द्रूत गतिमा अघि बढ्छ । यसलाई मेडिकल युनिभर्सिटीको रुपमा विकास गर्ने लक्ष्य छ,’ उनले भने । पौडेल अर्थमन्त्री रहँदा आर्थिक वर्ष २०७३/७४ मा मेडिकल कलेजको सम्भाव्यताका लागि बजेट विनियोजन भएको थियो । 

मेडिकल कलेज निर्माणको काममा सहयोग गर्न सधैं तयार छौं : नगर प्रमुख 

तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेजको काम अघि बढेकोमा तिलोत्तमा नगरबासी मात्र होइन, सम्पूर्ण प्रदेशबासी नै अत्यन्त हर्षित भएका बताए । प्रदेशस्तरीय मेडिकल कलेजको अवधारणा ल्याई प्रदेश ५ को मेडिकल कलेज तिलोत्तममा पार्ने सांसद तथा पूर्वअर्थमन्त्री  विष्णु पौडलप्रति उनले सम्मान व्यक्त गरे । 

मेडिकल कलेज प्रदेशबासीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षासँग मात्र होइन, सिङ्गो समृद्धिसँग जोडिएको बताउँदै प्रदेशबासी मेडिकल कलेजको निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न भएको हेर्न आतुर रहेको जनाए । मेडिकल कलेज निर्माणको सन्दर्भमा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग, सहकार्य र समन्वयका लागि कहिल्यै दिन–रात नभन्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठ, राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, संघीय सांसद छबिलाल विश्वकर्मा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

यसरी अघि बढ्दैछ मेडिकल कलेजको काम 

प्रस्तावित मेडिकल कलेज निर्माण हुने स्थान तिलोत्तमाको वडा नम्बर १ र ८ को वनक्षेत्रमा पर्दछ । अहिले आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित १ जना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित ७ जना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरूयोजना निर्माण, जग्गा प्राप्ति लगायतका काम गर्नेछ ।

२ सय बिघा जग्गामा कलेजका लागि करीब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । कम्तिमा ३ सय शैय्याको अस्पताल बनाएर ३ वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x