माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
स्याङ्जा – सरकारी कर्मचारीप्रति आममानिसको धारणा प्रायः नकारात्मक छ । ‘सरकारी काम, कहिले जाला घाम !’ भन्ने उखान अझै पनि समाजमा प्रचलित छ ।
सरकारी जागिर खानु भनेको राष्ट्रको दोहन गरेर अकूत सम्पत्ति कमाउनु हो भन्ने आम धारणाले अझै पनि जनमानसमा जरो गाडेको देखिन्छ । तर यो आम धारणालाई स्याङ्जाका एक सुब्बा सरहका कर्मचारीको सन्दर्भमा गलत पुष्टि भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–८ भिमटारीका सुशील अर्याल नेपाल सरकारको सुब्बा सरहका कर्मचारी हुन् । उनी २०५५ सालमा नायव पशु स्वास्थ्य प्राविधिकको रुपमा जागिरमा प्रवेश गरे । अहिले सुब्बा सरहको पशु प्राविधिकको रुपमा काम गर्दै आएका छन् ।
२० वर्षे जागिर अवधिमा उनले सरकारको कामलाई कहिल्यै पनि हलुका रूपमा लिएनन् । उनी जागिर मात्र खाँदैनन्, स्वरोजगार उन्मुख हुनका लागि सयौं युवाहरूको प्रेरणाका स्रोत बनेका छन् अर्याल ।
अर्याल पनि अरूजस्तै साधारण निजामति कर्मचारी हुन् । उनीसँग पनि अरुसँग जति नै समय छ । कार्यालय समयमा सधैं कार्यालयमा भेटिने अर्याल कार्यालय समय बाहेकको अन्य समयमा सेवाग्राहीसँग हुन्छन् । बिदाको दिनमा पनि उनको कार्यक्रम तालिका हुन्छ । शनिवारका दिनमा उनी कहिले किसानको फार्ममा भेटिन्छन्, त कहिले कृषि कार्यक्रममा ।
विदेशबाट फर्केका युवालाई कृषि व्यवसायप्रति उत्प्रेरित गर्नु र व्यवसायमा आवद्ध युवालाई निरन्तर सल्लाह सुझाव दिनु उनको दिनचर्या हो । अर्याल धेरै स्याङ्जाली किसान युवाको प्रेरणाको स्रोत र अभिभावक बनेका छन् अचेल ।
गाई, बाख्रा, भैसी र अन्य पशुपालक किसान सुशीलका सेवाग्राही हुन् । अर्याल सरकारी ड्यूटी निर्वाह गर्नेबाहेक किसानमैत्री मिसनमा देखिन्छन् । किसान के समस्यामा छन् ? उनीहरूलाई कसरी के सहयोग गर्न सकिन्छ भन्ने सोचमा हुन्छन् अर्याल सधैं । ‘शनिवारबाहेक अरु सबै दिन कार्यालयको काम गर्नुपर्छ, शनिवार त मलाई एकछिन पनि फुर्सद हुँदैन,’ अर्याल भन्छन्, ‘धेरैजसो तालिम र किसानलाई गाउँघर भेटघाट कार्यक्रम यही शनिवार नै गर्नुपर्छ ।’
सुशीलले आफ्नो नेतृत्वमा युवा किसानको संस्था बनाएका छन्, ‘युवाहरूका लागि बाख्रा गाउँ अभियान’ । संस्थामा धेरै भेग समेटिएका स्याङ्जाली युवा बाख्रापालक किसान सहभागी छन् । स्याङ्जा जिल्लाभित्र बाख्राको विविध जातको नश्ल विकासका लागि संस्थाले महत्त्वपूर्ण काम गरिरहेको छ ।
‘कुनै विदेशी दाता वा गैरसरकारी संस्थासँग सहयोग नलिइकन हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ अर्यालले भने, ‘कुनै कार्यक्रम सञ्चालन गर्दा संस्थामा आवद्ध सदस्यको सामूहिक लगानी जुटाउने गर्छौं । किसानका समस्या र आवश्यकताको विषयमा हामी सामूहिक ढंगले छलफल गर्छौं र त्यसका लागि के कार्यक्रम जरुरी छ त्यसको निर्णय पनि सामूहिक ढंगले नै गर्छौं ।’ सुशीलका अनुसार यो वर्ष पशुपन्छी मन्त्रालयले संस्थालाई ५ हजार थान कापी प्रदान गरेको छ ।
१ सय २९ जना स्याङ्जा भित्रका किसानले ‘युवाका लागि बाख्रा गाउँ अभियान’ संस्थामा आवद्ध भएर काम गरिरहेका छन् । ‘किसानको आवश्यकता अनुसार फर्ममै गएर वा हामीले आयोजना गरेको कार्यक्रममा बोलाएर आवश्यक तालिम दिने गरेका छौं,’ सुशीलले भने, ‘व्यावसायिक किसानले राज्यले वितरण गर्ने अनुदान प्राप्त गरुन् भन्ने उद्देश्यले पनि हामीले विविध कार्यक्रम सञ्चालन गरेका छौं ।’
हालसम्म संस्थाले ४१ जिल्लाका ५३ सय किसानलाई तालिम दिइसकेको छ । ‘किसानका निम्ति सञ्चालन गरिने १ दिने तालिम म आफैं र संस्थाका अरु साथीमार्फत् दिन्छौं भने १ दिनभन्दा बढी समय दिइने तालिमका लागि विशेषज्ञको सहायता लिने गरेका छौं,’ सुशीलले थपे, ‘बाख्राको नश्ल सुधार, बोयर, सानन लगायत बाख्राको विकास, घाँस विकास, किसानलाई व्यावसायिक प्रोजेक्ट बनाइदिने र रोग उपचारका विषयमा किसानलाई तालिम दिने गरेका छौं ।’
उनका अनुसार तालिममा सहभागी हुने सबैलाई संस्थाले निमन्त्रणा मात्रै गर्छ । आतेजाते लगायत सम्पूर्ण खर्च सहभागी आफैंले गर्छन् । संस्थाले साधारण स्रोत जुटाएर प्रशिक्षार्थी र प्रशिक्षकलाई मायाको चिनो दिने गरेको छ ।
‘नेपालमै कम प्रयोग भएको बाख्रामा कृत्रिम गर्भाधान गर्ने कार्यलाई हामीले स्याङ्जामा अगाडि बढाएका छौं,’ सुशीलले भने ।
भीरकोट नगरपालिका–८ का डिलबहादुर गुरुङले गाउँघरमा आफ्नो सीप अनुसारको सामान्य इलेक्ट्रिसियनको रूपमा काम गर्दै आएका थिए । २०७० चैत्रमा अर्यालसँग भेट भएपछि गुरुङको पेशा नै बदलियो ।
‘हामीले त परम्परागत तरिकाले यहीँ खरी जातका बाख्रा पाल्दै आएका थियौं, खासै उपलब्धि थिएन । थोरै संख्यामा बाख्रा पालेर गुजारा मात्रै थियो,’ गुरुङले भने, ‘यहाँको हावापानी अनुसार ‘सानन’ जातका यी दूध दिने बाख्रा पाल्दा राम्रो हुने र फाइदा पनि हुने कुरा अर्याल सरले सिकाएपछि मैले इलेक्ट्रिसियन काम छाडेर त्यहीँ शुरू गरें । सानन जातका बोकालाई खरीसँग क्रस गर्ने र पाल्ने विषयमा उहाँले सिकाउनुभयो ।’
अहिले गुरुङको फार्ममा ५३ वटा बाख्रा छन् । ८१ प्रतिशत साननका ३ वटा पाठी भएका छन् । ‘प्रविधि भएमा हामीले कृत्रिम गर्भाधान गराउन पनि जानेका छौं । तर हामीसँग प्रविधिको अभाव छ,’ गुरुङले गुनासो पोखे । गुरुङका अनुसार आगामी दशैंसम्ममा बाख्राको दूधबाट चीज र साबुन बनाउने तयारी भइरहेको छ ।
वालिङ नगरपालिका–११ का ओमप्रकाश पंगेनीले १० वर्षसम्म वैदेशिक रोजगारमा गएर काम गरे । २०७१ सालदेखि यता आफ्नै लगानी र मेहनतमा बाख्रा पाल्दै आएका छन् । दक्षिण कोरियामा ७ वर्षसम्म काम गर्ने सिलसिलामा उनले त्यहाँ बाख्राको व्यावसायिक एवं आधुनिक पालनको तरिका देखेका थिए । त्यहाँको बाख्रापालनको तरिकाबाट उनी प्रभावित भएर नेपाल आए ।
नेपाल फर्किसकेपछि पनि पंगेनी आफ्नो गाउँ–ठाउँको वातावरण अनुसार बाख्रा कसरी पाल्ने भन्ने कुराको निर्णयमा पुग्न सकिरहेका थिएनन् । त्यसपछि उनको अर्यालसँग भेट भयो ।
‘बाख्रा पाल्ने विषयमा माउ पाठाको छनौटदेखि घाँस विकाससम्मको सम्पूर्ण जानकारी नै मलाई सुशील सरले गराउनुभयो,’ पंगेनीले भने, ‘अहिले कार्यालय बाहेकको समयमा जतिबेला फोन गरेर बोलाएपनि उहाँ आउनुहुन्छ । पंगेनीका अनुसार अहिले १ सय प्रतिशतको एउटा बोयर जातको बोका छ । यो बोका उनले २ लाख ३८ हजार रुपैयाँमा किनेर ल्याएका हुन् ।
‘अहिले ३० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस रोपेको छु,’ पंगेनीले लोकान्तरसँग भने, ‘अहिले मसँग ६० वटा बाख्रा छन् । अर्को सालसम्म १ सय वटा बाख्राको संख्या पुर्याउने गरी काम गरिरहेको छु । घाँस र कृत्रिम गर्भाधानका लागि सुशील सरले सहयोग गरिरहनुभएको छ ।’
अर्यालका अनुसार अभियानको तर्फबाट युवाले सञ्चालन गर्ने फ्रेस हाउस व्यवसायलाई पनि प्रोत्साहन गरिएको छ । बयरघारी बजारमा अभियानमा संलग्न युवाको तर्फबाट मासु पसल सञ्चालन समेत गरिएको छ ।
अर्यालको नेतृत्वमा रहेको अभियानको तर्फबाट अहिलेसम्म धेरै किसानका निम्ति तालिम, भ्रमण लगायत कार्यक्रम सञ्चालन भएका छन् । ‘खासमा हामीले किसानको निम्ति राज्यले आवश्यक र सही प्रकारका कार्यक्रम सञ्चालन गरोस् भन्ने आशयले नीतिनिर्माण तहमा सुझाव पनि राखेका छौं । किसान, बाख्रापालक महासंघ र सरकारबीचमा पुलको रुपमा गर्ने कामहरू धेरै गर्दै आएका छौं,’ सुशीलले भने ।
स्याङ्जामा अर्यालले ल्याएको कार्यक्रमको प्रभावले तेह्रथुमको म्याङ्लुङमा पनि ‘युवाहरूका लागि बाख्रा गाउँ अभियान’ शुरूवात भएको छ । त्यहीँ अभियान अन्तर्गत त्यहाँका युवाहरूले बाख्रापालन शुरूवात गरेका छन् । यस्ता कार्यक्रम देशैभर हुन सक्ने हो भने गाउँगाउँमा स्वरोजगारको ढोका खोलिने अर्यालको धारणा छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...