×

NMB BANK
NIC ASIA

जनजाति महासंघको बटमलाइन १० प्लस १ नै होः अध्यक्ष बराम

चैत ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय अध्यक्ष जगत बरामले आफूहरुको बटमलाइन १० प्लस १ नै यथावत रहेको बताएका छन् ।

Muktinath Bank

वर्तमान संघीय संरचनाप्रति तीव्र असन्तुष्टी पोख्दै आएका अध्यक्ष बरामले पहिचानसहितको ११ प्रदेशको संघीय संरचनाको माग मुद्धा कायमै रहेको बताएका हुन् । 
शनिबार धनगढीमा सम्पन्न नेफिन थरुहट खसान सुदूरपश्चिमको प्रथम अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उनले भने–‘हिजोका दिनमा पनि हामीले थरुहट, मगरात, खसान, नेवालगायतको लड्यौं । लडिरहने छौ । बटमलाइन नै १० प्लस १ हो ।’
उनले हालका सत्ताधारी नेताहरु जनजातिहरुलाई धोखा दिएको समेत आरोप लगाएका छन् । ‘हिजोका दिनमा पहिचानका आन्दोलन गर्न सिकाउने उनै प्रचण्ड हुन् । पृथ्वी सुब्बा गुरुङ हुन् । शेरधन राई हुन् । वर्षामान पुन हुन् । देव गुरुङ हुन् । नन्दकिशोर पुन (पासाङ) नै हुन् । तर आज सत्ता स्वार्थको राजनीतिमा तिनीहरु जनजातिलाई धोखा दिएका छन्’, उनले  थपे ।
त्यस्तै, उनले टीकापुर घटनामा आदिवासी थारु जातिको सर्वश्वहरण भएको बताए । अधिकारको राजनीतिक आन्दोलनमा थारु भएकै कारण सांसद रेशम चौधरीलाई जन्मकैद गरिएको तर मुलुकलाई भाग गर्छु भन्ने सिके राउतलाई राज्यले सम्मान गरेको अध्यक्ष बरामको टिप्पणी थियो । आधिकारको लागि जनजातिहरु सशक्त आन्दोलन गर्नुको विकल्प नभएको समेत उनको भनाई थियो ।
कार्यक्रममा नेफिनका केन्द्रीय सचिव दानसिंह राउटे, राजी सल्मा समाजका केन्द्रीय अध्यक्ष चित्र राजी, नेपाल मगर संघका केन्द्रीय सदस्य टेकनाम जालीमगर, तमु हयुल छोजधिका रामबहादुर गुरुङ, अधिवक्ताद्वय नाथुराम महतो, नेत्र तामाङ, नेफिन कञ्चनपुर अध्यक्ष प्रेमवति राना, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलाली अध्यक्ष लखन चौधरी, आदिवासी यूवा महासंघका राजकुमार रानालगायतले बोलेका थिए ।
नेफिन तदर्थ समितिका अध्यक्ष दिलिप तामाङको अध्यक्षतामा भएको अधिवेसनमा सांगठनिक प्रतिवेदन सचिव दलबहादुर घर्तिमगरले प्रस्तुत गरेका थिए भने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामकुमारी चौधरीले प्रस्तुत गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x