×

NMB BANK
NIC ASIA

तंग्रिँदै पोखराको पर्यटन, व्यवसायी भन्छन्- आन्तरिक पर्यटनले हामीलाई पलायन हुनबाट रोक्यो

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा-  विनाशकारी भूकम्प र नाकाबन्दीले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसाय तंग्रिन थालेको छ ।  

Sagarmatha Cement
Muktinath Bank

भूकम्प र नाकाबन्दीले नाजुक अवस्थामा पुगेको पोखराको पर्यटन व्यवसायले बिस्तारै गति लिन थालेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाभूकम्प र नाकाबन्दीसँगै पोखरामात्र नभएर समग्र नेपालकै बारेमा नकारात्मक समाचार फैलिएपछि लामो समयसम्म पर्यटन क्षेत्र ठप्प जस्तै बन्यो । विदेशी पर्यटक निकै कम आए । आन्तरिक पर्यटकहरूको समेत आवतजावत कम भयो । पर्यटकीयस्तरका होटल तथा रेष्टुरेन्ट बन्दै हुने अवस्थामा पुगे तरपनि पोखराका पर्यटन व्यवसायीले हरेश खाएनन् ।सधैँभरी यस्तै अवस्था रहँदैन भन्दै अविचलित रूपमा पर्यटन पुनर्जागरणका विभिन्न कार्यक्रम गरे । आन्तरिक र बाह्य पर्यटक बोलाए । कहिले चीन त कहिले भारतीय पत्रकारसमेत ल्याएर व्यवसायीले पोखरा सुरक्षित भएको प्रचारप्रसार गरे । 


Advertisment
Nabil box
Kumari

व्यवसायीले छिमेकी राष्ट्र भारतका विभिन्न स्थानहरूमा पुगेर नेपालको पर्यटकीय स्थलहरू सुरक्षित रहेको सन्देश प्रवाह गर्दै अन्तरक्रियासमेत गरेका थिए । उनीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सूचना प्रवाहदेखि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सडक महोत्सव, चलिए पोखरा अभियान, फेवा महोत्सवलगायतका कार्यक्रमसमेत सञ्चालन गरे । त्यसपछि लामो समय शिथिल भएको पर्यटन व्यवसायले बिस्तारै गति लिन थाल्यो । 

Vianet communication
Laxmi Bank

मुलुकमा लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वको समाधानसँगै गति लिन थालेको पर्यटन व्यवसायलाई भूकम्प र नाकाबन्दीले नराम्रोसँग प्रभावित बनाएपनि पछिल्लो समयमा भने पर्यटक आगमनमा उल्लेख्य सुधार आएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा बताउँछन् ।

‘भूकम्प र नाकाबन्दी पछिको केही समय शुन्यप्राय: भएको पर्यटन व्यवसाय पछिल्लो समयमा भने उल्लेख्य सुधार भएको छ । पर्यटकको संख्यात्मक वृद्धि त राम्रै भएको छ । तर पर्यटकको संख्यात्मक वृद्धिको अनुपातमा व्यवसायमा गुणात्मक सुधार भने आउन सकेको छैन,’ उनले भने,‘पर्यटकको आगमनको अनुपातमा व्यापार व्यवसायमा सुधार नभएको व्यवसायीको गुनासो छ ।’

मुलुकमा आएको विपत्तिपछि पछि लामो समयसम्म बाह्य पर्यटक आगमन शुन्य भएको अवस्थामा आन्तरिक पर्यटकले केही राहत मिलेको थापा बताउँछन् । नेपालीहरूको बढ्दो घुम्ने संस्कृति र खर्च गर्ने प्रवृत्तिले पर्यटन व्यवसायको महासंकटमा पनि व्यवसाय जेनतेन धानिएको उनी सम्झिन्छन् । उनी भन्छन्, 'यदि आन्तरिक पर्यटकको सहभागिता समेत नभएको भए धेरै पर्यटन व्यवसायी पलायन हुने अवस्था आउने थियो ।’

भूकम्प र नाकाबन्दीपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको बारेमा फैलिएको नकारात्मक हल्ल्काका कारण लामो समयसम्म पनि बाह्य पर्यटक आगमन ठप्प भयो । बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको आगमनले थला परेको व्यवसायले गति लिन थालेको थापाले बताउँछन् । उनका अनुसार अहिले विभिन्न स्थानहरूमा सञ्चालनमा आएका होमस्टे र ट्रेकिङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्यामा निकै वृद्धि भएको छ । नयाँ शैक्षिक सत्र र चाडपर्वको छुट्टीमा हुने भ्रमणले आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुने गरेको थापाको भनाइ छ ।

विशेषगरी पोखराको पर्यटकीय चहलपहल हुने समय असोज, कात्तिक र मङ्सिर तथा फागुन चैत र वैशाख महिना रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । यस समयमा पोखरामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटकको घुँइचो नै लाग्ने गर्दछ ।

कात्तिक र मंसिर महिनामा दशै तिहार जस्ता महत्वपूर्ण चाड पर्व पर्ने भएका कारण लामो समय सम्म कार्यलय र स्कूलहरू बन्द रहने हुँदा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । फाल्गुन,चैत्र र वैशाखमा अनुकूल मौसम तथा स्कूल र कलेजहरूको समेत शैक्षिक सत्र शुरू हुने समय भएका कारण लामो बिदा हुने भएकोले शैक्षिक भ्रमण र पारिवारीक घुमफिरका गर्ने हुँदा आन्तरिक पर्यटको वृद्धि हुने गर्दछ । बाह्य पर्यटकको लागि समेत उक्त समय घुमफिरको लागि अनुकूलको समय रहेको बताइन्छ ।

नेपालमा पछिल्लो समयमा विकास भएका घुम्ने संस्कृति र खर्च गर्ने प्रवृत्तिले लामो समय सम्म बाह्य पर्यटकहरूको आगमन ठप्प हुँदा समेत पोखराको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले केही हदसम्म राहत पुर्‍याएको नेपाल पर्यटन परिषद्का सदस्य एवं पर्यटन व्यवसायी बासु त्रिपाठीले बताए ।

भूकम्पले पोखराका पर्यटकीय स्थल तथा भौतिक संरचनामा खासै क्षति नगरेपनि समग्र नेपालनै क्षति भएको गलत सन्देश अन्तराष्ट्रिमा प्रवाह भएका कारण त्यसको प्रत्यक्ष मार समग्र पर्यटन व्यवसायीले भोग्नुपरेको त्रिपाठी बताउँछन् । ‘त्यति मात्र होइन भूकम्प लगत्तै भारतले लगाएको नाकाबन्दीले पनि पर्यटन व्यवसायमा नरोम्रो प्रभाव पार्‍यो,’ उनी सम्झन्छन्,‘भूकम्प र नाकाबन्दीमा फैलिएको अफवाहले नेपालको पर्यटन व्यवसायमा झण्डै ४-५ वर्ष नै असर गर्‍यो।’

पछिल्ला समयमा भने क्रमश पोखरामा छिमेकी मित्र राष्ट्र भारत, युरोप, अमेरिका र बिश्वका अन्य मुलुकबाट समेत पर्यटक आउने क्रममा दिन प्रतिदिन वृद्धि हुन थालेको पोखरा पर्यटन परिषदका अध्यक्ष बिकल तुलाचनले बताए । ‘लामो समयसम्म थाला परेको पर्यटन व्यवसाय बल्ल तंग्रिने अवस्थामा पुगेको छ,’ उनले भने, ‘पर्यटन व्यवसायमा अझ पूर्ण सन्तुष्ट हुने अवस्थामा भने पुगेको छैन ।’ 

अध्यक्ष थापाका अनुसार पर्यटक मध्ये सबैभन्दा बढी खर्च गर्ने चिनियाँ पर्यटकहरूको आगमन उस्साह जनक छैन । भूकम्प पूर्वको अवस्थामा जस्तो चिनियाँ पर्यटकको आगमन अझै हुन सकेको छैन । मित्र राष्ट चीन तर्फको तातोपानी नाका सहज रूपमा सञ्चालनमा नआएका कारण ठूलो संख्यामा स्थलमार्ग मार्फत नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको आगमन अवरुद्ध छ। तर पनि क्रमश चिनियाँ पर्यटकको समेत आगमन बढ्दो छ। अन्य मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा समेत उल्लेख्यरुपमा वृद्धि भइरहेको छ ।

सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरिसकेको छ । स्थानीय तह र प्रदेश सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको सक्रियताले यतिखेर पर्यटन व्यवसायी उत्साहित छन् ।

केही समययता विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाललाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राखिएका कारण पनि यहाँको पर्यटन व्यवसायले गति लिन थालेको हो । नेपाल भित्रिएका अधिकांश पर्यटकको रोजाई र आकर्षण भने साहसिक पर्यटन तथा दृश्यावलोकनका लागि हुने गरेको सम्बद्ध व्यवसायीको भनाइ रहेको छ ।

यहाँ पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी विश्वका विकसित मुलुकबाट पर्यटक आउने गर्दछन् । विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ ।

अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्दछन् । यसको प्रर्वद्धन पर्यटन व्यवसायी, ट्रेकिङ गाईड र ट्रेकिङ व्यवसायीले गर्दै आएका छन् ।

त्यस्तै अर्को पदमार्गका रूपमा रहेको पोखरा हुँदै वीरेठाँटी, घान्द्रुक, घोरपानी हुँदै जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कने गर्दछन् ।पछिल्लो समयमा पदयात्रा, दृश्यावलोकन एवं साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको संख्या बढ्ना थालेसँगै पर्यटन व्यवसायमा उत्साह थपिएको छ । 

यस क्षेत्रमा पछिल्लो समय पर्यटन क्षेत्रलाई लक्षित गर्दै ठूलाठूला स्तरीय होटल र पर्यटन पूर्वाधारहरू निर्माणले गति लिएको छ । राष्ट्रिय महत्वको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको १५ महिनामा नै ३० प्रतिशत भन्दा बढी काम सम्पन्न हुनुले समेत यस क्षेत्रमा पर्यटन क्षेत्रको विकासले गति लिने निश्चित छ ।

धमाधम बन्दै पर्यटन पुर्वाधार 

पर्यटकीय नगरी पोखरामा सञ्चालित होटल तथा रिसोर्टहरूमा अहिलेसम्म ८५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । पोखरामा स्तरीय तारे होटलको अभाव महसूस भइरहेका बेलामा ठूला व्यवसायिक घरानाले समेत लगानी गरिरहेका छन् । 

सराङकोटमा कर्ण शाक्यको हिमालय फ्रन्ट रिसोर्ट, हलनचोकमा होटल गुडवील, जलमाजल, पुम्दीभुम्दीमा दी प्याभिलियन हिमालयज रिसोर्ट, रुपाकोट रिसोर्टलगायत गत वर्ष  सञ्चालनमा आएका हुन् ।

हिमालय फ्रन्ट रिसोर्ट, दी प्याभिलियन हिमालयज र रुपकोट रिसोर्ट खर्चालु पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । यसवर्ष करीब एक दर्जन भन्दा बढी निर्माणाधीन अवस्थमा रहेका होटल सञ्चाालनमा आउनेछन् । 

पछिल्लो समय पोखरा भ्यालीबाहिर पनि होटलहरू निर्माण गर्ने क्रम बढेको छ । पोखरा भ्यालीमा पर्याप्त जग्गाको अभाव र महंगो भएका कारण नयाँ लगानीकर्ताको आकर्षण भ्यालीका डाँडाकाँडातिर देखिएको छ । डाँडाकाँडा दृश्यालवकोनका लागि उत्तम हुने हुँदा पर्यटकसमेत त्यस्ता ठाउँमा बस्न रुचाउँछन् । सराङकोट डाँडामा दुईवटा तारे होटल बनिसकेका छन् । केही निर्माणको चरणमा छन् ।

त्यसैगरी पोखरासँग नजिकरहेको मट्टीखानमा समेत युवा व्यवसायीहरूको लगानीमा केही समय पहिले रिसार्ट सञ्चालनमा आइसकेको छ । अहिले पोखरामा ४ सय पर्यटकस्तरीय होटलहरू सञ्चालनमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष भरत पराजुलीले बताए । यी होटलमा करीव ९ हजार रुमहरू छन् । अहिलेसम्म यहाँका होटलमा २० हजार पाहुनाहरू अटाउन सक्ने क्षमता रहेको अध्यक्ष पराजुलीले बताए ।

पोखराबाट मनोरम हिमश्रृङ्खला देख्न पाइनुको साथै फेवाताल, बेगनास ताल, रुपातालसहितका रामसारमा समेत सूचीकृत नौ वटै ताल यहाँको महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा रहेका छन् ।

सराङ्कोट, महेन्द्र गुफा, चमेरे गुफा, पातले छाँगो, विन्दवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा, सेती नदीका गल्छी, विश्व शान्ति स्तुपा आदि यहाँका यहाँका आकर्षक पर्यटकीय स्थल हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x