×

NMB BANK
NIC ASIA

रोजगारीका लागि जापान : भाषा परीक्षा, सीप परीक्षण र लागत अझै अनिर्णित

चैत १०, २०७५

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

काठमाडौं- सोमवार हस्ताक्षर हुने भनिएको नेपाल र जापानबीच कामदार आपूर्ति गर्ने सम्बन्धमा हुने भनिएको 'एमओसी'(सहकार्यको समझदारी) दुवै देशको मन्त्रिपरिषदबाट पास भएका छन् ।

Muktinath Bank

चैत ४ गते सोमवार बसेको मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई उक्त समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुसको पहिलो साता जापानले नेपालसहित ९ अन्य देशबाट पनि कामदार लैजान सकिने जनाएपछि नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको थियो ।जापानको मन्त्रिपरिषद् बैठकले चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय गरेको ‘जापानटाइम्स’ले बताएको थियो ।


Advertisment
Nabil box
Kumari

जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्ति गर्ने प्रस्तावको ड्राफ्ट पठाएको थियो । छलफलको क्रममा रहेको उक्त प्रस्तावमाथि थप छलफल गर्नका लागि गत माघ २ गते जापानको प्राविधिक टोली नेपाल आएको थियो । 

Vianet communication
Laxmi Bank

जापानको प्रस्तावमा हेरचाह गर्ने क्षेत्र, भवन निर्माण, मसिनरी पार्ट्स र टुल्स, इलेक्ट्रोनिक्स–इलेक्ट्रिकल, सार्वजनिक निर्माण, पानी जहाज निर्माण, सवारी साधन मर्मत, हवाई उड्डयन र विमानस्थल सरसफाइ, होटल रेस्टुरेन्ट, कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्य सम्बन्धी सप्लाई चेनहरू समावेश गरेको थियो । 

नेपालबाट कामदार आपूर्तिका लागि जापान र नेपाल दुवै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका छन् । जापान अन्तर्राष्ट्रिय मान्यताअनुरुप नेपाली कामदारको आपूर्ति र कानुनी व्यवहार गर्न सहमत भएकाले नेपाली कामदारको सेवा सुविधा जापानकै नागरिक सरहको हुने मन्त्रालय स्रोत बताउँछ । यद्यपि जापान जान लाग्ने लागतका विषयमा भने अझैसम्म टुंगो लागिसकेको छैन । नेपालले जापानसँग कामदार आपूर्तिका लागि बिचौलिया र एजेन्टहरूलाई सहभागी नगराउन शुरूदेखि नै अनुरोध गर्दै आइरहेको थियो । जापान त्यस विषयमा सहमत रहेको मन्त्रालय स्रोतले बतायो । 

तर शून्य लागतमा कामदार जान पाउने या नपाउने भन्ने अझै तय भइसकेको छैन । लागतको विषयमा अन्तिम निर्णय दुवै देशका प्राविधिक टोलीको छलफलमा हुने मन्त्रालय स्रोतले बताएको छ । 

भाषा परीक्षा, सीप परीक्षण र लाग्ने लागत तय नभइसकेको यो अवस्थामा अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रिया शुरू गर्न ढिला भइसकेको देखिन्छ । तर सम्झौताको पारित मस्यौदा अनुरूप जापानीज भाषा बोल्न र लेख्न सक्ने न्यूनतम शर्त जापानले राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x