कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
चैत १०, २०७५
जनकपुर- प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्षमाथि गालीगलौज गरेका छन् ।
आइतवार बिहान धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकहरूलाई हप्कीदप्की गरेका हुन् ।
बिहान ९ बजे विद्यालय पुगेका मन्त्रीले निरीक्षकले परिचयपत्रमा फोटो नभएको भन्दै गालीगलौज गरेका हुन् । विद्यालयका शिक्षक बेचन रामले भने, 'उहाँले हिन्दीमा गाली गर्नुभयो । तुमे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।' बेचन रामले आफूलाई चमार/दलित भनेर मन्त्रीले हप्काएको बताए ।
बेचन रामले आफू यसै विद्यालय शिक्षक भएको भन्दै मन्त्रीलाई परिचयपत्र पनि देखाएका थिए ।
त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि हप्कीदप्की गरेका छन् । केन्द्राध्यक्ष मण्डलले भने, 'मलाई पनि आएर गाली गर्नुभयो । तपाईको जागिर खाइदिन्छु । तपाईलाई हटाइदिन्छु । बेवकुप भनेर हप्काउनुभयो ।' मण्डलका अनुसार मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले केन्द्राध्यक्ष बनाएको भनेर हप्काए ।
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मण्डलले मन्त्रीको हर्कत सहेरै भएपनि परीक्षा सञ्चालन गरेको बताए ।
परीक्षा केन्द्रमा चार जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् ।
मन्त्रीको हप्कीदप्कीपछि नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्रीको राजीनामा मागेको छ । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको हुनसक्ने भन्दै उक्त व्यवहारप्रति कटु आलोचना गरेका छन् ।
मन्त्रीको हर्कतबारे उनका स्वकीय सचिव राजकुमार यादवले भने, 'कतिपयको फोटो नभएका कारण मन्त्रीज्यूले हप्काउनु भएको हो । चमार वा दलित भनेर हेपेको भने होइन ।'
उक्त केन्द्रमा ११ वटा विद्यालयको सेन्टर परेको छ । परीक्षाका लागि ४०८ विद्यार्थी सहभागी हुनुपर्नेमा ३९४ जना विद्यार्थी उपस्थित भएको केन्द्राध्यक्ष मण्डलले जानकारी दिए । परीक्षाका लागि १८ जना खटाइएको पनि उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...