×

NMB BANK
NIC ASIA

आईपीएल : आज दिल्ली र मुम्बई भिड्दै, सन्दीप पर्लान् प्लेइङ-११ मा ?

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको खेल शनिवारबाट शुरू भइसकेको छ । 

Muktinath Bank

शनिवार राति भएको पहिलो खेलमा चेन्नई सुपर किङले रोयल च्यालेन्जर्स ब्याङ्लोरलाई सहज ढंगले पराजित गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै आज खेलहरू हुँदैछन् । पहिलो खेल चारबजे सन राइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच हुनेछ । दोस्रो खेल भने राति ८ बजे दिल्ली क्यापिटल्स र मुम्बई इंडियन्सबीच हुनेछ । 


Advertisment
Nabil box
Kumari

हुन त आईपीएलका हरेक खेलहरू रोचक हुन्छन् तरपनि नेपाली क्रिकेटप्रेमीहरूले आज हुने दोस्रो खेललाई विशेष महत्त्वका साथ हेर्नेछन् । कारण हो- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने । 

Vianet communication
Laxmi Bank

आईपीएलमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले सन् २०१८ मा दिल्लीले अन्तिम तीन खेलमा मात्रै खेलाएको थियो । तर अन्तिम तीनै खेलमा सन्दीपले आफूलाई प्रमाणित गरेसँगै उनी विश्वका चर्चित टी-ट्वान्टी लिगहरूमा आबद्ध भए । उत्कृष्ट प्रदर्शन गरे । 

उनले पोहोर साल खेलेको दिल्ली डेयरडेविल्सको नाम यसपटक परिवर्तन भएर 'दिल्ली क्यापिटल्स' भएको छ । दिल्लीले यसपटक सन्दीपलाई विशेष चासोका साथ लिएको छ । दिल्ली क्यापिटल्स नामक आफ्नो पेजमा सन्दीपले अभ्यास गरिरहेको तथा सिंगल फोटोहरू 'ब्याक टू ब्याक' अपलोड गरिरहेको छ । 

प्लेइङ-११ मा पर्लान सन्दीप ?

दिल्लीमा टी-ट्वान्टी लिगमा सन्दीपभन्दा अनुभवी धेरै खेलाडी छन् । क्लबले विदेशी खेलाडीको कोटामा सन्दीपलाई राख्दा भारतबाहेकका अन्य देशका जम्मा तीन जना खेलाडी मात्रै राख्न पाउँछ । सन्दीपको गतवर्षको प्रदर्शन, त्यसपछि विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनलाई हेर्ने हो भने दिल्लीले प्लेइङ-११ मा राख्ने सम्भावना बलियो छ । सामाजिक सञ्जालको पोष्टलाई मान्ने हो भने दिल्लीले सन्दीपलाई महत्त्व नै दिएको छ । 

उता क्रिकबजको सम्भावित प्लेइङ-११ मा पनि सन्दीपको नाम अटाएको छ । क्रिकबजको प्लेइङ-११ मा शिखर धवन, पृथ्वी शो, श्रेयस लयर, कोलिन इंग्राम, रिसभ पन्त, शेर्फाने रुथर्फोर्ड, अक्सर पटेल, राहुल तेवाटिया/अमित मिश्रा, सन्दीप लामिछाने, इशान्त शर्मा/अवेश खान र ट्रेन्ट बोल्ट छन् । 

क्रिकबजको प्लेइङ-११ लाई हेर्ने हो भने आजको खेलमा सन्दीपले मौका पाउन सक्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x