चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार सहारनपुरस्थित शाकम्बरी धामबाट चुनावी अभियानको शुरूआत गरेका छन् । विपक्षी नेताहरू मायावती, अखिलेश यादव र अजित सिंहले दुई हप्तापछि देवबन्दबाट अभियान शुरू गर्ने भएका छन् ।
निर्वाचन अभियान प्रारम्भ गर्ने स्थानले यस राज्यमा सात चरणमा हुने निर्वाचनको दिशा तय गर्नेछ ।
विश्लेषकहरूले यसलाई मण्डल विरुद्ध कमण्डलको भाग दुई भनिरहेका छन् । तीन दशकअघि यो संघर्षले उत्तर प्रदेशको राजनीति परिवर्तन गरेको थियो । त्यतिखेर पछिडिएका वर्गको आन्दोलन र राम मन्दिर आन्दोलन निकै चर्केका थिए ।
यस परिवेशमा कांग्रेसले आफ्नै स्थान खोजिरहेको छ र ऊ प्रियंका गान्धीको आकर्षणमा निकै भर परेको छ । अत्यन्तै कठिन जिम्मेवारी पाएकी प्रियंकाले सहारनपुर, कानपुर, उन्नाव, बाराबंकी, पदरौना, प्रतापगढ, अल्लाहबाद, राय बरेली र अमेठीमा ध्यान केन्द्रित गरेकी छन् । भाजपाविरुद्धको मतविभाजन नहोस् भनी कांग्रेसले समाजवादी पार्टी, बहुजन समाज पार्टी र आरएलडीबीचको गठबन्धनमा अस्थिरता नआओस् भन्ने मनसाय राखेको छ । त्यसैले कांग्रेसले शिवपाल सिंहको दलसँग गठबन्धन गरेको छैन ।
भाजपाले जातीय समीकरणलाई कठोर हिन्दूत्वसँग मिसाएर आफ्नो भाग्य चम्काएको छ । आफ्नो निर्वाचन अभियानको शुरूआतमा योगीले कैरानाबाट हिन्दूहरू भाग्नुपरेको भन्ने विषय उठाएर विवाद जन्माए । भाजपाले यसलाई निर्वाचनको विषय बनाएको थियो । समाजवादी पार्टीको सरकारले दुःख दिएकाले ठूलो संख्यामा हिन्दू परिवारहरू कैरानाबाट बास सरेको भनी उनले आरोप लगाएका थिए । तर केन्द्रको गृह मन्त्रालयको प्रतिवेदनले यसलाई नकारेको छ ।
केही समयअघि मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भएका विधानसभा निर्वाचनमा योगीले घोषणा गरे : ‘तिमीहरू अली आफूसँग राख, हामीसँग बजरंगबली हुनुहुन्छ ।’
सपा, बसपा र आरएलडीको गठबन्धनले दलित, पिछडिएको जात (ओबीसी) र मुसलमानको भोट ल्याउने लक्ष्यसहित अप्रिल ७ मा मुसलमानहरूको सबभन्दा ठूलो पाठशाला दारुल उलूम रहेको देवबन्दबाट निर्वाचन अभियान शुरू गरेको छ ।
योगीले चाहिँ सोचविचार गरेरै प्रसिद्ध हिन्दू मन्दिर रहेको शाकम्बरीबाट निर्वाचन अभियान शुरू गरे । ‘यस मन्दिरका भक्तहरू ठूलो संख्यामा पाँच राज्यमा छन् : उत्तराखण्ड, हरियाणा, पञ्जाब, उत्तर प्रदेश र हिमाचल । मुख्यमन्त्रीको भ्रमणले भाजपाको कोर भोटबैंकलाई सन्देश दिनेछ,’ पार्टी प्रवक्ता चन्द्र मोहनले बताए ।
प्रधानमन्त्री मोदीलाई उत्तर प्रदेशको ८० मध्ये ७४ सीट दिने घोषणा गरेका योगीले विपक्षीहरूको तिकडीको सामना गर्नुपर्ने हुन्छ । उनीहरू सामाजिक न्यायको कार्ड खेलिरहेका छन् । सन् २०१४ र २०१७ मा झैं जातीय समीकरणलाई उनले हिन्दूत्वमार्फत काउन्टर दिने तयारी गर्दैछन् ।
सन् २०१७ मा विकासको नारा दिएर भोट जित्न नसकेका अखिलेश यादव चिरप्रतिस्पर्धी बसपा र जाटहरूको दल आरएलडीलाई अँगाल्न पुगे । हिन्दू ध्रुवीकरण गर्ने भाजपाको प्रयासलाई काउन्टर दिन उनले दलित, ओबीसी र मुसलमान गठबन्धन गरेका हुन् ।
‘भाजपाले मलाई मेरो ओबीसी पहिचान उजागर गर्न बाध्य पारेको छ,’ उनले भने, ‘मोदी चायवाला हुन् भने म दूधवाला हुँ ।’
द टाइम्स अफ इन्डियाबाट
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...