×

NMB BANK
NIC ASIA

शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी- सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ । स्थानीय तहभित्र पर्ने सबै सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च, पाठ्यपुस्तक खर्च र परीक्षा शुल्कलगायतका सबै खर्च स्थानीय तहले विद्यालयलाई उपलब्ध गराई निःशुल्क शिक्षा लागू गरेको हो । 

माध्यमिक तहको शिक्षा हासिल गर्न सामुदायिक विद्यालयमा कुनै पनि खर्च नलाग्ने किसिमले सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा लागू गरिएको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

विद्यालयको आर्थिक स्थिति कमजोर देखाएर परीक्षा शुल्कलगायतका विभिन्न बहानामा यसअगाबै सामुदायिक विद्यालयलाई लिइँदै आएको शुल्कलाई पूर्णरुपमा कटौती गरी सबै खर्च स्थानीय तहले व्यवस्थापन गरी शिक्षामा व्यापक सुधार गर्न यस्तो योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि दुई विद्यालयलाई एकीकृत समायोजनसम्मको काम थालिएको शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिनुभयो । 

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागू गरिएको रामग्राम नगरपालिकाका शिक्षा शाखाले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि आसन्न कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरी कापी परीक्षणमा समेत कोड–डिकोड गरी कापी परीक्षण एक आर्का विद्यालयको विषयविज्ञद्वारा परीक्षण गराउने तयारी गरिएको प्रमुख लम्सालले जानकारी दिनुभयो । 

शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयको एउटै कार्य योजनासहितको क्यालेण्डर तयार गरि कक्षा १ देखि १० कक्षाका विद्यार्थीलाई निःशुल्क शिक्षाको प्रत्याभूति गराउने किसिमले कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्ने योजना रहेको जनाइएको छ । 

यसैगरी आधारभूत तहको विद्यालयमा हालको अवस्थामा दरबन्दीको अभावलाई व्यवस्थापन गर्न उपल्लो शौक्षिक योग्यतालाई आधारमानी शिक्षक व्यवस्थापन गरिएको शिक्षा शाखाले जनाएको छ । यसैगरी आवश्यकताअनुसार दुई विद्यालयलाई समेत एकीकृत समायोजन प्रक्रिया अघि बढाइएको शिक्षा शाखाले जनाएको छ । रामग्राम नगरपालिकामा ३३ सामुदायिक विद्यालय रहेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x