×

NMB BANK
NIC ASIA

जापानसँग ऐतिहासिक श्रम सम्झौता, होला त कार्यान्वयन ?

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमवार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ ।

Muktinath Bank

ललितपुरमा सोमवार आयोजित विशेष कार्यक्रमका बीच नेपाल र जापानबीच हस्ताक्षर भएको हो । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका लागि नेपाली राजदूत मासामिची साइगो बीच श्रमिक आपूर्ति गर्ने विषयसम्बन्धी सहकार्यको समझदारीमा हस्ताक्षर भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहयोग समझदारीपत्रमा जापानमा 'स्पेसीफाइड स्कील्ड वर्कर' अन्तर्गत नेपाली श्रमिकहरूको भर्ना, जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभाग अन्तर्गत एउटा छुट्टै इकाई स्थापना गरिने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सहयोग समझदारीपत्रको प्रभावकारी कार्यान्वयनका गर्न दुवै देशका प्रतिनिधिहरू रहने गरी एक संयुक्त समितिको व्यवस्था गरिएको छ । सो समितिले नेपाली श्रमिकहरूको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अवलम्बन गर्ने विधि एवं प्रक्रियाको टुंगो लगाउने छ । 

Vianet communication
Laxmi Bank

सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेटरहरूमा श्रमिकहरू लिने व्यवस्था गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निमाण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र पार्टपूर्जा उद्योग एवं हवाई उद्योगमा विदेशबाट श्रमिक लिने व्यवस्था गरेको हो । यद्यपि कुन कार्यक्षेत्रमा कति नेपाली लैजाने भन्ने विषयको टुंगो भने संयुक्त समितिले गर्नेछ । 

जापानमा स्पेसीफाइड वर्कर अन्तर्गत पहिलो वर्ग (क) र दोस्रो वर्ग (ख) का श्रमिकहरू लिइनेछ । पहिलो वर्गका श्रमिकहरूका लागि सीप वा सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरू बढीमा ५ वर्षसम्म जापानमा रहन सक्ने प्रावधान रहेको छ । दोस्रो वर्गका श्रमिकहरूका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरूको कार्यावधि थप गर्न सकिने प्रावधान छ । दोस्रो वर्गका श्रमिकहरूले परिवारका सदस्यहरूलाई समेत जापान लैजान सक्ने व्यवस्था रहेको छ । 

समझदारी पत्रले जापानी कानून बमोजिम नेपाली श्रमिकहरूले रोजगारीका सेवा सुविधा एवं शर्तहरूमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरेको छ । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापन सम्बन्धी अभिमुखीकरण, दैनिक रूपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिककको बसाइ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनका विषयहरू समेत समेटिएको छ । श्रमिकहरू जुन कार्यक्षेत्रमा गएका हुन्, सोही कार्यक्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिइने व्यवस्था रहेको र सोका लागि जापान सरकारले संचालन गरेको सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग एवं समन्वय गर्नेछ । 

जापान जान चाहने सबै श्रमिकहरूले जापानी पक्षबाट सञ्चालन हुने जापानी भाषा र सीप परीक्षा अनिवार्य रूपमा पास गर्नुपर्नेछ । भाषा र सीप परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले टुंगो लगाउने व्यवस्था गरिएको छ । 

हस्ताक्षर कार्यक्रममा सहभागी जापानी राजदूत साइगोले जापान नेपाली कामदारहरूबाट प्रभावित भएको बताए । जापानले कामदारका लागि दक्षिण एसियामा नेपाललाई नै किन रोज्यो भन्ने पत्रकारको जिज्ञासामा राजदूत साइगोले भने, 'नेपाल जापानको सम्बन्ध राम्रो रहेको छ, जापान र अन्य देशमा कार्यरत कामदारहरू मध्ये नेपालीहरू राम्रा कामदार भएकाले हामीले दक्षिण एसियामा नेपाललाई छनोट गरेका हौं ।' 

तर जापान जानका लागि यति नै लागत लाग्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । लागतको विषयलाई संयुक्त समितिले टुंग्याउने बताइएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x