जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काठमाडौंमा सम्मेलनको तयारी चल्दैछ । विदेशी लगानीकर्तालाई भित्र्याउने ध्येयले यसै साताको अन्त्यमा आयोजना गर्न लागिएको दुईदिने सम्मेलनमा ४० देशका ६५० लगानीकर्ता / प्रतिनिधि भित्रिने सरकारी अपेक्षाको प्रचार-प्रसार लगानी बोर्ड नामक निकाय मार्फत भइरहेको छ । कुल ३१ खर्ब ५० अर्ब रुपिञाका ७३ वटा आयोजनाको चर्चा चलेको छ जसमा १० वटा पर्यटकीय परियोजना छन् । यिनमा कति लगानी आउला त्यो त सम्मेलन सकिएपछि थाहा हुने विषय हो ।
चर्चित सम्मेलनका सहभागीहरूलाई सुरक्षा प्रदान गर्न मात्र दुई हजार सुरक्षाकर्मी तैनाथ गरिने जानकारी सार्वजनिक भएको छ । यसको तात्पर्य यो लगानी सम्मेलनको आयोजना नै एक खर्चिलो अभ्यास हुनेछ । आवश्यक भौतिक संरचना, सुहाउँदो र भरपर्दो कानूनी आधार, बजारमा पहुँचको व्यवस्था भएपछि मात्र सम्भाव्य लगानीकर्ता आकर्षित हुने यथार्थ सबैसामु छ । यसतर्फ समुचित प्राथमिकता गएन भने ठूलो आशा भरोसा गर्न नमिल्ने विगतका अनुभवले बताउँछन् ।
नेपालको वर्तमान सरकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा छ जसका दुबै अध्यक्षको सशक्त वामपन्थी पृष्ठभूमि छ । क्रान्तिकारी छवि उजिल्याउने अभ्यासमा वर्षौंदेखि पूँजीवादी अर्थव्यवस्थाको विरोध गर्दै आएका नेता र तिनले हाँकेको प्रशासनिक संयन्त्रले विदेशी लगानीलाई कति सुरक्षा देलान् ? सम्भाव्य लगानीकर्तामा यसबारे सन्देह हुन सक्छ जुन अस्वाभाविक होइन । त्यसैगरी मुद्रा कारोबार, मुनाफा विप्रेषण,श्रमसेवा,कर सहुलियत लगायतका अनेक पक्षमा लगानीकर्ता आश्वस्त हुन चाहन्छन् । यस्ता मामिलामा सरकारी निकायहरू नीतिगत हिसाबले कति तत्पर र कति सहज हुन्छन् त्यो पनि सम्मेलनका सहभागीहरूका निम्ति चासोको विषय हुने कुरामा द्विविधा छैन ।
तर यी सबै तात्कालिक अभिरुचिका विषय हुन् । नेपालको भौगोलिक अवस्थिति र भूपरिवेष्टित अवस्थाले यहाँ कम लागतमा ठूल्ठूला कल-कारखाना सञ्चालन गर्न गाह्रो छ । यहाँ फस्टाउने भनेको पर्यटन र जलविद्युत्का उद्योग हुन् । घरेलु उद्योगबाट उत्पादित वस्तुको माग होटेल समेतका पर्यटन व्यवसायले गरिदिँदा मूल्य अभिबृद्धिका कृयाकलापलाई सघाउ पुग्ने हुन्छ । अन्न, फलफूल, तरकारी जस्ता खेतीका उब्जनीले आन्तरिक माग धान्नुका साथै पर्यटकका आवश्यकता पनि पूरा हुने ठाउँ रहन्छ । तसर्थ कृषि उद्यमलाई प्रोत्साहित गर्ने नीति देशको दीर्घकालीन हितमा हुन्छ भन्ने सोच हामीले राखेका हौं ।
सगरमाथा समेतका हिमाच्छादित पर्वत, जैविक विविधता र अतिथि सत्कारका परम्पराले गर्दा नेपाललाई पश्चिमा पर्यटकहरूको आकर्षक गन्तव्य मान्ने गरिएको छ । तर हाम्रो देशको महत्व बाहिरी आवरणमा सीमित रहनु हुँदैन । वेदभूमि, देवभूमि र बुद्धभूमि नेपालका विशेषता भएको हुनाले यसलाई विश्वकै आध्यात्मिक स्थल बनाई प्रस्तुत गर्न कठिन छैन । सगरमाथाको शिखरबाट हुने उद्घोषले बाँकी विश्वलाई शान्तिको सन्देश जाने सम्भावना टड्कारो छ । परन्तु यसका आधारस्तम्भ निर्माणको समय शायद अहिले आइसकेको छैन ।
अध्यात्ममा त्यत्ति अभिरुचि नभएको पार्टी सत्ताधारी भएका बखत नेपालको हिन्दू व्यक्तित्व सङ्गलो रूपमा देखिन पनि सक्दैन । ‘होली वाइन’ जस्ता प्रकरण सम्झिँदा विकृति र विचलनका सिलसिला रोकिने अपेक्षा गर्नु सम्भवत: बुद्धिमानी पनि हुने छैन ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...