×

NMB BANK
NIC ASIA

प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सिफारिश

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संवैधनिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त पदमा दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमवार बसेको परिषद् बैठकले थपलियालाई प्रमुख आयुक्त सिफारिश गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. अयोधि प्रसाद यादवले आइतवार अवकाश पाएपछि आयोग प्रमुख आयुक्तविहीन बनेको थियो । संसदीय सुनुवाइपछि थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त हुनेछन् । थपलिया हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव छन् । 


Advertisment
Nabil box
Kumari

निर्भिक छवी बनाएका सचिव थपलियाले अर्को महिना अवकाश पाउँदै थिए । सचिव थपलियाको नेतृत्वमा कर्मचारी समायोजनको काम सम्पन्न हुन लागेको छ । थपलिया स्थानीय सरकार र संघीयताबारे जानकार मानिन्छन् । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमेत सहभागी थिए । परिषद्का सदस्यसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित जानकारी गराएर अनुपस्थित रहेका थिए । 

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर प्रमुख निर्वाचन आयुक्त बनेमा थपलियाले स्थानीय, प्रदेश र संघीय तीनवटै चुनाव गर्ने अवसर पाउनेछन् । प्रमुख निर्वाचन आयुक्तको कार्यकाल ६ वर्ष हुने संवैधानिक व्यवस्था छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x