×

NMB BANK
NIC ASIA

स्वास्थ्य केन्द्र : भवन र उपकरण छ, चिकित्सक छैन

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट-बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएनुभएको थियो । 

घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर लिम्सा पुग्नुभएकी शाहीलाई स्वास्थ्य केन्द्र पुग्न फलामका चिउरा चपाएझैँ भएको थियो । चिकित्सकलाई आफ्ना समस्या सुनाउन आउनुभएकी शाही त्यहाँ पुग्दा चिकित्सक थिएनन् । हेर्दा चिटिक्क परेको सुविधायुक्त स्वास्थ्यको भवन, त्यसमा गाउँपालिकाको कार्यालय रहेकाले लिम्सामा चहलपहल बढेको भए पनि चिकित्सक नहुँदा शाहीको उपचार भएन । उहाँ निजी औषधि पसल जान बाध्य हुनुभयो । 

स्वास्थ्य संस्थामा औषधि र उपकरण भए पनि सञ्चालन गर्ने चिकित्सक नहुँदा शाहीजस्तै दर्जनौँ बिरामी अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन् । स्वास्थ्य केन्द्रमा एक एमबिबीएस चिकित्सकको दरबन्दी छ । त्यहाँ कार्यरत मेडिकल अधिकृत डा सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदा छन् । त्यसले गर्दा छ महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सकविहीन भएको हो । 

चिकित्सक मात्र होइन, नौै स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ । आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याव सेवा सञ्चालनमा नआएको वर्षाैं भइसक्यो । बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ । जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका चार गाविस मिलेर बनेको छ । बारेकोटबाट जाजरकोट सदरमुकाम आउन मात्र तीन दिन लाग्ने गरेको स्थानीवासी खड्क शाहीले बताउनुभयो । 

उपकरण र चिकित्सकको दरबन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ बिरामीको चाप हुने गर्छ । बिरामी बढे पनि चिकित्सक नहुँदा निराश हुनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय औषधि पसलमा उपचार गराएर हजाराैं रकम खर्च गर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ । उनीहरुलाई उपचारका लागि निजी औषधि पसलमा जानुपर्ने बाध्यता छ । 

औषधिको मात्रा र रोगको अवस्थाका आधारमा औषधि चलाउनुपर्नेमा निजी मेडिकल (औषधी पसल) ले बिरामी छिटो निको पार्ने बहानामा कडा डोजको औषधि चलाएर सरकारी स्वास्थ्य संस्थाको औषधिले काम नगर्ने अवस्था सिर्जना भएको यहाँको जनगुनासो छ । 

स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताउनुभयो । अध्ययन बिदामा बसेका चिकित्सकको ठाउँमा स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो । 

लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक भए पनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्या हुँदै आएको छ । बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् । भरपर्दो सेवा नपाउँदा यहाँका दर्जनाैं जनता अकालमै ज्यान गुमाउन बाध्य छन् । सुविधायुक्त स्वास्थ्य संस्था भएर पनि चिकित्सक नहुँदा दुर्गमका स्वास्थ्य संस्थाप्रतिको विश्वास घट्दै गएको छ । अहेवको भरमा चलेको स्वास्थ्य संस्थामा उपकरण प्रयोगमा नआउँदा समस्य हुँदै आएको छ । 

गरीबी र अशिक्षाका कारण यहाँका अधिकांश स्थानीयवासी घरमै रोग पालेर बसेको पाइन्छ । केही हप्ताअघि भएको स्वास्थ्य शिविरमा मात्र भारी मात्रामा पाठेघरमा समस्या आएका बिरामी फेला परेका थिए । पहुँचमा स्वास्थ्य संस्था नहुँदा भारी मात्रामा बिरामी भए पनि उपचार अभावमा समस्या भोग्दै आएको बारेकोटस्थित वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x