×

NMB BANK
NIC ASIA

प्रदेश सरकार राजधानीको सडक बनाउँदै, २० करोड बराबरको टेन्डर आह्वान हुने

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका बीच बजार क्षेत्रका सडकलाई स्तरोन्नति गर्न कर्णाली प्रदेश सरकारले वित्तीय समपुरक अनुदान अन्तर्गत २० करोड रुपैयाँ बराबरको टेन्डर आव्हान गर्ने तयारी गरेको छ । 

Muktinath Bank

सोमवार वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारबीच नगरपालिकाले बनाएको डीपीआर बमोजिम प्रदेश सरकारले एक हप्ताभित्रै टेन्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘वित्तीय समपुरक अनुदान स्थानीय सरकारलाई दिन नमिल्ने भएकाले प्रदेश सरकारले टेन्डर आह्वान गर्ने र प्राविधिक कार्यमा नगरपालिकाले सहयोग गर्ने सहमति गरेका छौं,' उनले भनिन्, ‘हामीले तयार गरेका सबै सडकको डीपीआर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रमुख ढकालले बीच भ्याली भ्यु हुँदै घण्टाघरदेखि मुख्यमन्त्री कार्यालयसम्म, आँखा अस्पतालदेखि क्षेत्रीय प्रहरी कार्यालय हुँदै गुरुङ चोकसम्म, इत्राम स्कुलदेखि टेलिकम पुलसम्म र जिल्ला प्रहरी कार्यालयदेखि इत्राम स्कुलसम्म लगायतका सडक निर्माण हुने उनको भनाइ छ । डीपीआर १८ करोडको भएपनि २० करोडसम्म लागत लाग्ने उपप्रमुख ढकालको अनुमान छ । ‘हामीले प्राथमिकीकरण गरेका बाटो यिनै हुन्,’ उनले भनिन्, ‘अन्य सडक पनि निर्माणका लागि नगर र प्रदेश सरकारले टेन्डर आह्वान गरिसकेको छ ।’ सरकारले चाहेको खण्डमा अन्यत्रका सडकमा बजेट थप गर्न सक्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री खड्क खत्रीले प्रदेश सरकारले राजधानीका सडक निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी थालेको बताए । ‘नगरपालिकासँग सहकार्य गरेर नगरले दिएका सडकको पुर्ननिर्माण गर्न हामीले समपुरक बजेट अन्तर्गत २० करोड बजेट लगानी गर्ने भएका छौं,’ उनले भने, ‘सम्भवतः एक साताभित्रै मन्त्रालयले टेन्डर आह्वान गर्छ र निर्माण कार्यमा तीव्रता दिनेछ ।’

Vianet communication
Laxmi Bank

मन्त्री खत्रीले मन्त्रालयमा कर्मचारी अभावका कारण काममा तीव्रता दिन नसकिएको बताए । ‘भएका कर्मचारी पनि समायोजन भन्दै अन्तै गए,’ उनले भने, ‘प्राविधिक कर्मचारी अभावका कारण काम गर्न असहज भइरहेको छ ।’ यद्यपि आफैं आयोजना बन्ने स्थानमा भएका कर्मचारी लगेर नापजाँच गर्ने कार्य गरिरहेको उनको भनाइ छ । 

‘प्रदेशका धेरै आयोजना स्थलमा म आफैं पुगेको छु,’ उनले भने, ‘कर्मचारी अभाव हुँदा वा काम गर्ने कर्मचारी नहुँदा काम गर्ने इच्छा भएपनि केही नलाग्ने रहेछ ।’ उनले अहिलेसम्म प्रदेशका अधिकांश सडक आयोजनाको डीपीआर तयार भइसकेको बताए । ‘हामीले अधिकांश आयोजनाको डीपीआर निर्माण गरेका छौं । कतिपयको टेन्डर आह्वानसमेत भइसकेको छ,’ उनले भने, ‘अब जतिसक्दो चाँडो बजेट कार्यान्वयनमा जान्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x