×

NMB BANK
NIC ASIA

काठमाडौं – काठमाडौं महानगरपालिकाले मंगलवार नयाँ ५ वटा ब्रूमर उद्घाटन गर्दै सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

महानगरमा राति ९ बजेपछि ८ घण्टा धुलो सफा गर्ने गरी सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै २ वर्ष अगाडि टेन्डर आह्वान गरी इटलीबाट यूरो मापदण्डको डुभेलो (डीयूएलईभीओ) ६००० मोडल र एफपीटी (ईभीईको) १ सय७ किलोवाट क्षमताका ५ वडा ब्रूमरहरू भित्र्याइएको छ ।


Advertisment
Nabil box
Kumari

यी ब्रूमरहरू ३ वर्षसम्म रुटमा सञ्चालन र सर्भिसिनको खर्च अधिकृत बिक्रेताले गर्नेछ भने इन्धन महानगरपालिकाले उपलब्ध गराउने छ । ब्रूमरमा ४ वटा धुलो सफा गर्ने ब्रस, ५ सय लिटर पानी र ४.६७ घनमिटर धुलो भण्डार गर्ने क्षमताका छन् ।

Vianet communication
Laxmi Bank

काठमाडौंमा आइपुग्दा एउटा ब्रूमरको मूल्य २ करोड १५ लाख १७ हजार रुपैयाँ पर्न आएको छ । काठमाडौं मंगलवार रातिदेखि औपचारिक रुपमा ५ वटा ब्रूमर पाँचै वटा रुटमा धुलो सफा गर्ने छन् ।

टेकुबाट शुरू गरेर सोल्टीमोट कलंकी हुँदै सुन्धारा–घण्टाघर क्षेत्रबाट फेरि टेकुसम्म जानेछ । दोस्रो रुट त्रिपुरेश्वर–थापाथली–माइतीघर–वानेश्वर हुँदै एयरपोर्टसम्म र सोही बाटो फर्किएर कालिमाटी हुँदै फेरि टेकुसम्म आउने छन् ।

पुतलीसडक, ज्ञानेश्वर, विश्वज्योति, कमलादीमोड, नारायणहिटी, चक्रपथ, वालुवाटार, डिल्लीबजार, बालाजु, बसपार्कलगायत काठमाडौं नगरपालिकाका ब्रूमर छिर्न सक्ने सबै ठाउँमा जानेछन् ।

ब्रूमर ल्याएपछि काठमाडौं महानगरपालिकामा भएको धुलो र धुँवाको समस्या केही हदसम्म समाधान हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘यो एउटा शुरूवात मात्र हो ।  हामी अत्याधुनिक प्रविधितर्फ जाँदै छौं । यो अहिले परीक्षण मात्र हो । यस्ता अरु पनि ब्रूमर ल्याउने तयारीमा छौं, महानगरलाई हराभरा बनाउने अभियानमा छौं,’ उनले भने ।

काठमाडौं देशकै मुटु भएकाले यसलाई सफा राख्नु महानगर लागिपरेको बताउँदै उनले आवश्यक सहयोग गर्न सबै महानगरबासीलाई आग्रह गरे । ‘आफ्नो घरबाट निस्कने फोहोरलाई महानगरको गाडीमा जम्मा पारिदिएर सहायोग गर्न काठमाडौं महानगरकी उपमेयर हरीप्रभा खड्गीले बताइन् । ‘काठमाडौंको फोहोर व्यवस्थापनको लागि छुट्टै कानूनको आवश्यकता छ, महानगरले छिट्टै केही गर्नुपर्छ । यो महानगर देशकै मुटु हो,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x