बजेट कार्यान्वयनमा परिचालन हुन मुख्यमन्त्रीको निर्देशन

चैत १२, २०७५

बुटवल- प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले तल्ला निकायलाई बजेट कार्यान्वयनमा परिचालनका लागि केन्द्रित हुन नर्देशन दिएका छन् । उनले आगामी वर्षको बजेट तथा कार्यक्रम तयारीमा लाग्न मन्त्रालयको नेतृत्वलाई निर्देशन समेत दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत दोश्रो चौमासिक समिक्षा कार्यक्रमको मंगलवार समापनमा निर्देशन दिँदै मुख्यमन्त्रीले भने, ‘अबको समय अलि मिहिनेत गर्दा बजेट कार्यान्वयन राम्रो गर्न सकिन्छ । आगामी बर्षको बजेट राम्रो बनाउनका लागि तयारी गर्ने समय पनि हो ।’


ADVERTISEMENT

उनले मागका आधारमा नभई प्रतिफल दिने आयोजनामा बजेट विनियोजन गर्ने गरी मन्त्रालयको नेतृत्वले बजेट र कार्यक्रम तयार गर्न निर्देशन दिए । 'साना आयोजना स्थानीय तहले गर्ने हो, ठूलो आयोजना संघीय सरकारले गर्ने गरी सिफारिश गर्नुपर्छ, मझौला खालका प्रतिफल दिने आयोजनाका लागि बजेट विनियोजन गर्ने गरी तयारी गरौं’ पोखरेलले भने ।  

चैत १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस