×

NMB BANK
NIC ASIA

काठमाडौं – मधेस केन्द्रित साना दल मिलेर बनेको संसदको तेस्रो दल राष्ट्रिय जनता पार्टी (राजपा) चरम अलमलमा परेको छ ।

Muktinath Bank

मूलधारको ‘मधेशवादी दल’ बन्ने प्रतिस्पर्धामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र सीके राउतको नयाँ ‘जनमत पार्टी’ राजपाका अगाडि तगारो बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेसमा राजनीतिक वर्चस्वका लागि ३ पक्षबीच अहिले तीब्र प्रतिस्पर्धा चलिरहेको छ । मधेशको पुरानो लिगेसी रहेका सद्भावना, तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकतापछि राजपा गठन भएको थियो । राजपामा नेपाली कांग्रेस र तत्कालीन नेकपा एमालेको स्कूलिङका नेताको बाहुल्यता छ ।


Advertisment
Nabil box
Kumari

चुनावको समयमा आन्दोलनको कुरा गर्ने र चुनावपछि सत्तामा फिट हुने उपेन्द्रले कर्मचारी, शिक्षक र बुद्धिजीवीको समर्थन पाइरहेका छन् । ‘काठमाडौंको सिंहदरबार’सँग आक्रोशित युवाहरूको मन सीके राउतले जितेका छन् । पूरानो लिगेसी भएपनि राजपाले अहिले मधेसका युवालाई आकर्षित गर्न सकेको छैन । मूलधारको राजनीतिमा सीके राउतको आगमनले मधेसमा राजपाको स्थानबारे बहस शुरू भएको विश्लेषण गर्न थालिएको छ । 

Vianet communication
Laxmi Bank

लाल आयोगको प्रतिवेदनमा राजपाको त्राण

संविधान जारी गर्ने समयमा तराई, मधेस र थरुहट आन्दोलनमा भएको दमनबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु राजपाको यतिबेलाको राजनीतिक एजेण्डा बनेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले कयौं पटक प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । संसदको हिउँदे अधिवेशन अन्त्यको दिन पनि राजपाले यही विषयलाई लिएर प्रतिनिधि सभाको पहिलो बैठक अवरुद्ध गर्यो । 

आइतवार नै बस्ने अर्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाले उठाएको माग सम्बोधन गर्ने सभामुखको आश्वासनपछि राजपा संसद सूचारु गर्न सहमति भयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई लिएर राजपाको माग अनुसार सभामुख कृष्णबहादुर महराले पटक–पटक रुलिङ गरे । 

सभामुखको रुलिङपछि सरकारका मन्त्रीहरूले ‘यथाशीघ्र’ सार्वजनिक गर्ने आश्वासन दिए । प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशन समापनका क्रममा एक लाइनमा राजपाको मागबारे बोले, ‘त्यो प्रतिवेदन हो, त्यो सही नै हुन्छ भन्ने पनि छैन । अध्ययन गर्दादेखि मान्छेले कति अध्ययन गर्न भ्यायो, कति ठीकै नतिजा पायो, त्यो आफ्नो ठाउँमा होला । तर त्यो प्रतिवेदन अलिकति सरकारले अध्ययन गर्ने र सार्वजनिक गर्न कुनै समस्या हुने छैन, त्यसलाई सार्वजनिक गर्न सकिन्छ । साथीहरूले सार्वजनिक गर्न माग गर्नुभएको छ, सार्वजनिक नगर्नुपर्ने कारण छैन ।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक भएमा केही राजनीतिक लाभ लिन सकिने राजपाको विश्लेषण छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदा कैलालीको टीकापुर घटनाको वास्तविकता बाहिर आउने र रेशम चौधरीले सफाइ पाउने राजपाको विश्वास छ । तर संसदको अधिवेशन सकिएकाले बर्खे अधिवेशन शुरू हुने बेलासम्म राजपाले कुर्नैपर्ने छ ।

परन्तु प्रधानमन्त्री ओलीले ‘प्रतिवेदन हो, त्यो सही नै हुन्छ भन्ने पनि छैन’ भनिसकेका कारण रेशम चौधरीले सफाइ पाउने र थरुहटको सहानुभूती बटुल्न सकिने आशा धेरै भरपर्दो छैन । ‘प्रतिवेदन सार्वजनिक भएमा राज्यको चरित्र उदाङ्गो हुन्छ भनेर जोड दिँदै आएका छौं,’ राजपा नेता वृषेशचन्द्र लाल भन्छन् ।

समर्थन फिर्तापछि अब के गर्ने ?

जिल्ला अदालत कैलालीले रेमश चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि सरकारसँग फायर भएको राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । सरकारमा जान पाउने आश गरेपनि प्रधामनन्त्री ओलीले रुची नदेखाएको राजपा स्रोत बताउँछ । 

सरकारमा नगएपनि राजपाले संसदमा सुविधाको पद लिएको छ । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण छन् ।

मधेशको मूलधार हामी हौं : वृषेशचन्द्र लाल

राजपा नेता एवं राष्ट्रिय सभा सांसद वृषेशचन्द्र लाल अहिले पनि तराई मधेशको मूल धार आफूहरू नै भएको दाबी गर्छन् । ‘मधेशका विरोधीहरूले हामीसँग एजेण्डा भएन भनेका छन् र सीके राउतलाई ज्यादै महत्त्व दिएका छन्,’ नेता लाल भन्छन्, ‘पहिचान र विविधताको एजेण्डा नै मधेशमा राजपाको पहिचान हो ।’

राजपा के को लागि लड्दैछ भन्नेबारे अस्ति मात्र महन्थ ठाकुराले संसदमा प्रष्ट धारणा राखिसकेको उनले बताए । ‘उपेन्द्र या सीके राउतबाट हामीलाई कुनै अप्ठ्यारो छैन । सीकेलाई महेशको नयाँ ताकत भनेर प्रचार भइरहेको पनि छ । उनीबाट प्रोत्साहन वा हतोत्साहन छैन,’ नेता लालले लोकान्तरसँग भने, ‘यही बाटोबाट मुलुकलाई विविधता र पहिचानको आधारमा सबैलाई समान अवसर दिँदै राष्ट्रिय एकतालाई मजबुत गर्दै लैजाने हाम्रो एजेण्डा हो ।’

सरकारप्रति महन्थको घुर्कीयुक्त अभिव्यक्ति

चैत्र ११ गते संसदको हिउँदे अधिवेशनको समापन मन्तव्यका क्रममा राजपा अध्यक्ष मण्डलका पहिलो संयोजक महन्थ ठाकुरले ओली सरकारमाथि ‘राज्य आतंक’ मच्चाएको आरोप लगाए । राज्य आतंकको मात्र कुरा गरेनन्, देश एकात्मक ढंगले सञ्चालन गर्न लागेको तथा प्रधानमन्त्री ‘डिक्टेटर’ बन्न खोजेकोसम्म आरोप लगाए ।

यस्तो थियो महतोको मन्तव्यको मुख्य अंश

... विभिन्न आतंकबाट जनता आतंकित, प्रताडित भइ नै रहेका छन्, त्यसमा कुनै कमी छैन । यहाँ बसेका नेताहरूलाई सोध्न चाहन्छु, किन हतियार उठाउनु भएको थियो ? सत्तामा बसेका सबैले ‘मोस्ट अफ देम’ हतियार उठाएका छन्, किन ? राज्यको आतंकको विरुद्धमा । जनता अधिकारविहीन थिए, अचेत थिए, सचेत हुनको लागि हतियार उठाए । त्यसबेलामा सफलता पनि मिल्यो आतंक त अहिले पनि छ ।

संघ (संघीयता) को माग किन भएको थियो, पहिचानको आधारमा संघ बन्नुपर्छ भनेर ‘क्राइट एरिया’ बनेको, त्यो अनुसार संविधान बन्यो त ? संघ (संघीयता) बन्यो त ? सत्तामा भएका व्यक्तिले मन्त्रीजीले नै भनिरहेका छन्, अहिलेको अवस्था यथास्थिति लादिएको छ । यो अवस्था हतियार किन उठाउनु पर्यो, किनकि राज्यबाट जनता पीडित छ ।

स्टेट टेररबाट, मात्र टेरोरिस्ट भाइलेन्स होइन कि ? जब स्टेट टेरर हुन्छ, राज्यको आतंक हुन्छ सबभन्दा ठूलो । उसको हातमा बोली हुन्छ, गोली हुन्छ, कानून र उसको हातमा अदालत हुन्छ । उ जहाँ हान्न पनि, जुन डाइरेक्सनमा हान्न सक्छ र हानिरहेको छ । टिकापुरको घटनाको कुरा आयो, लोकतन्त्रमा अधिकारको माग माग्दा मानिसलाई जेल जानुपर्ने भए कहिले माग गर्ने ? आफ्नो अधिकारको माग कुन व्यवस्थामा गर्ने हो ? कुन सिस्टममा ? अनि जन्मकैदको सजाय ! राजपाको सांसदलाई जन्मकैदको सजाय दिएको छ, टीकापुर कैलालीमा मात्र । अहिले पनि जलेश्वरमा पनि जेल भोगिरहेको छ, किन ? अधिकारको माग गर्दा । अरु केही त गरेको छैन । 

सरकारले आतंक मच्चाउँदा इनाम प्रसंशा र तक्मा पाउने, जनताले आफ्नो अधिकार माग्दा गोली खानुपर्ने, जेल जानुपर्ने ? गाउँमा जादा शहीदको परिवारको के अवस्था छ, कसरी सफर गरिरहेको छ । घरमा घुसेको छ, संस्कृतिमाथि आक्रमण भएको छ ।

संस्कृतिमाथिको आक्रमणले गर्दा रावणको नास भएको थियो, दुर्योधनको नाश भएको थियो, कौरवको नास भएको थियो । के बोल्न पाइरहेको छ मानिस ? 

... संसदबाट तानशाह बनेको पनि इतिहासमा उदाहरण छ, हिटलर र मुसोलिन पनि जनप्रतिनिधि थिए र संसदबाट नै सत्ता पाएका थिए उनीहरू । संसदको निर्देशनबाट डिक्टेटर बनेका थिए । हामी त्यतातिर त जाने होइन ? मलाई विश्वास छ, त्यतातिर जाने होइन । हामी जाँदैनौं । तर डाइरेक्सन देखिन्छ, जब पावर केही एउटा समूहमा र एउटा व्यक्तिमा जब केन्द्रित हुन जान्छ भने भ्रष्टाचारको टेन्डेन्सी हुन्छ, डिक्टेटरशीपको टेन्डेन्सी हुन्छ । छैन होला भ्रष्टाचार, अहिले डिक्टेटर बनेको छैन । तर टेन्डेन्सी त त्यहीँ छ । हाम्रो प्रधानमन्त्रीले जे जो भन्नुभएको छ, सबै कुरा सही मान्दा पनि देखिन्छ के ? कागजमा त सफलता देखियो । रोजगार पाउन अहिले पनि विदेशमा गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x